मंकि पक्सको भाइरसबाट सर्ने भएकोले उपचार पनि खासै छैन । खोप बनेकै छैन । प्रतिरोधात्मक क्षमता न्युन भएका ज्येष्ठ नागरिक, दीर्घ रोगि,बालबालिकाहरुलाई छिटो असर गर्न सक्छ ।
तत्कालै गर्नुपर्ने
विमानस्थलमा कडीकडाउ गर्नुपर्यो । स्थलगत नाकाहरुमा हेल्थ डेस्कहरु व्यवस्था ।
मंकि पक्स लक्षणहरु बारे जनचेतना
विगत निर्माण भएका क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्ने
मध्यकालिन
डब्लुएचओद्धारा पारित र सरकारले हस्ताक्षर गरे अनुसारको प्रतिबद्धता सहित अन्तर्राष्टिय स्वास्थ्य कानुन अनुरुप सरुवा रोग ऐन संसदमा पठाई पास गर्नुपर्ने
दीर्घकालिन
अस्पतालमा पर्याप्त शैयाहरुको व्यवस्था गर्नुपर्ने
स्वास्थ्यकर्मीलाई पीपीई, एन ९५ मास्कको व्यवस्था
कोभिडको बेला सरुवा रोग ऐन पास गरेको भए त्यहिं अनुसार अघि बढ्न हुन्थ्यो ! धेरैजना बिरामी भए भने कहाँ लगेर उपचार गर्ने हो ? उपचार गर्ने ठाउँको पनि अभाव छ । सरुवा रोगको उपचारकालागि छुट्टै अस्पताल हुनु पर्छ । हैजा, मुटु , निमोनिया भएका बिरामीलाई राखिएको ठाउँमा मंकिपक्सका बिरामीलाई राख्न मिल्दैन । छुट्टै अस्पतालमा राख्नु पर्छ । टेकु अस्पताल भरिभराउ हुन्छ । डेंगुदेखि अन्य सरुवा रोगका बिरामी पनि त्यहिं छन् । कहाँ लगेर राख्ने मंकि पक्सका बिरामी ? अब सोंच्नु पर्ने होला नी ?
मंकि पक्स भए नभएको यकिन गरेर मात्र भिसा लगाइदिनु भनेर अफ्रिकी दुतावासमा चिठि लेख्न सकिन्छ । रोग नियन्त्रणको लागि चाहिने कानुनी पक्ष, तयारी अझै भएन । रोग लागेका बिरामीलाई कहाँ राख्ने ? आइसोलेसन कहाँ बनाउने ? कोभिडको बेला त्यत्रो खर्च गरेर बनाइएका आइसोलेसनको अवस्था कस्तो छ ? त्यसको अनुगमन गर्नु पर्यो । शंकास्पद व्यक्तिलाई त्यहिं राख्न हुन्थ्यो ।

