मुलुकभरका बिरामी उपचार गर्न जाने थलो हो, चितवन । त्यसमध्ये २२ जिल्लाका बिरामीको बढी घुईंचो लाग्छ । काठमाडौं पछि धेरै चिकित्सकहरु चितवनमा कार्यरत छन् ।
झण्डै १० लाख हाराहारीमा जनसंख्या रहेको चितवनमा १४ वटा नीजि अस्पताल छन् । किटजन्य रोगको हब पनि चितवन लाई मानिन्छ । मलेरीया, कालाजार, डेङ्गु आदि धेरै रोगबाट चितवन प्रभावित क्षेत्र हो । सरकारी अस्पतालमा क्यान्सरको मात्र उपचार हुने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौं, थापाथलीमा रहेको प्रसूति गृहपछि नेपालमै धेरै गर्भवती र सुत्केरीको उपचार गर्ने भरतपुर अस्पताल भरतपुरमै छन । ६ सय शैयाको भरतपुर अस्पताल, ४ सय ५० शैयाको क्यान्सर अस्पताल र दुई मेडिकल कलेज स्कुल अफ मेडिकल साइन्सेस भरतपुर र चितवन मेडिकल कलेजको गरी १५ सय र निजी अस्पतालको १ हजार ५ सय हाराहारीको शैया गरी करिब ४ हजार शैया भरतपुरमा छन् ।
अधिकांश संस्था भरतपुरमै
भरतपुर महानगर, स्वास्थ्यको हब बन्न सक्ने देखिएको छ । भरतपुरमा सबैभन्दा पहिला भरतपुर अस्पतालको स्थापना भएको थियो । त्यसपछि २०४४ सालमा आँखा अस्पताल स्थापना भयो । भरतपुरमा २०५३ सालमा पहिलो पटक निजी मेडिकल कलेजका रुपमा कलेज अफ मेडिकल साइन्सेस खुलेको थियो ।
०५७ साल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र ०६३ सालमा अर्को मेडिकल कलेजको रुपमा चितवन मेडिकल कलेजको स्थापना भएको थियो । भरतपुरमा करिब ५ किलोमिटरको परिधिभित्र दुईवटा ठूला सरकारी अस्पताल, दुईवटा मेडिकल कलेज र साना–ठूला गरी ३० वटा निजी अस्पताल छन् । १ सय १४ वटा डाइग्नोष्टिक सेन्टर, पोलिक्लिनिक, डेन्टल क्लिनिक छन् । चितवनमा झण्डै ९ सय ६५ चिकित्सक कार्यरत रहेको अनुमान छ । कुल चिकित्सक मध्ये ७० प्रतिशत विशेषज्ञ चिकित्सक छन् ।
क्यान्सर उपचारको लागि मात्र परिचित रहेको भरतपुर अहिले अरु विधाका विशिष्टकृत उपचारका लागि पनि चिनिन थालेको छ । भरतपुर सरकारी अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्ने गरी गुरुयोजना बनाइएको छ । यो गुरुयोजनामा १ हजार बेडको अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कुरा छ । त्यसलाई टेकेर अगाडि बढ्यो भने भरतपुर अस्पताल शैक्षिक प्रतिष्ठान बन्छ । पूर्व–पश्चिम राजमार्ग र काठमाडौं छिर्ने प्रमुख केन्द्र भएकाले चितवनमा काठमाडौंमा जस्तै राष्ट्रियस्तरको सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन जरुरी छ । यो कुरा नीतिमा पनि छ । तर, कार्यान्वयन हुन सकेको छैन । विगतमा पनि भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर बनाउने भनेर प्रस्ताव आएको थियो । यसलाई निरन्तरता दिइएन ।
मदन भण्डारी ट्रमा सेन्टर बनाउने विषयमा एक वर्ष बजेट पनि आएको थियो । तर, त्यसपछि बजेट रोकिएकाले काम अगाडि बढ्न सकेन । सरकारी अस्पतालमा क्यान्सरको मात्र उपचार हुने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौं, थापाथलीमा रहेको प्रसूति गृहपछि नेपालमै धेरै गर्भवती र सुत्केरीको उपचार गर्ने भरतपुर अस्पताल भरतपुरमै छन् । ६ सय शैयाको भरतपुर अस्पताल, ४ सय ५० शैयाको क्यान्सर अस्पताल र दुई मेडिकल कलेज स्कुल अफ मेडिकल साइन्सेस भरतपुर र चितवन मेडिकल कलेजको गरी १५ सय र निजी अस्पतालको १ हजार ५ सय हाराहारीको शैया गरी करिब ४ हजार शैया भरतपुरमा रहेका छन् ।
चितवनको नारायणगढस्थित पुल्चोकबजारबाट पूर्व–पश्चिम राजमार्गहुँदै पूर्वतर्फ अगाडि बढ्दा करिब डेढ किलोमिटर को दूरीमा दाहिनेतर्फ सडकबाट २० मिटरजति भित्र छिरेपछि पुगिन्छ, अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर । ५० शैयाको छ ।
पूर्वतर्फ लाग्दा करिब एक मिनेटको पैदल यात्रामा छ, निको चिल्ड्रेन्स हस्पिटल प्रालि । चितवनमा नै बालबालिकालाई विशेषज्ञ सेवा दिने उद्देश्यले खोलिएको पहिलो अस्पताल हो । पाँचतले भवनमा रहेको उक्त अस्पतालमा दैनिक एक सय हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेका छन् ।
चितवन, भरतपुर महानगरपालिका मेडिकल हबको ?पमा विकास भएको छ । । भरतपुर महानगरपालिकाको जनसंख्या करीब दुई लाख छ ।
चितवन जिल्लामा तीन वटा सरकारी अस्पताल छन् । एक दशकयता मात्रै ३६ वटा हेल्थ पोष्ट, १५ वटा नगर स्वास्थ्य केन्द्र, तीन वटा सामुदायिक स्वास्थ्य केन्द्र, भरतपुर क्यान्सर अस्पताल, निजी स्तरबाट संचालित सुविधासम्पन्न दुई मेडिकल कलेज छन ।
मेडिकल हबको रुपमा विकास हुन रोग अनुसारको विशेष अस्पताल हुन आवश्यक छ । एउटै ठाउँमा स्वास्थ्य संस्था थुपारेर मात्रै मेडिकल हव बनाउन सकिदैन यो विस्तारित सेवा हुनुपर्छ । चितवनमा दक्षिण एशियामा नै सुविधा सम्पन्न मानिएको वीपी कोइराला क्यान्सर अस्पताल र आधुनिक आँखा अस्पताल छ । चितवनका अस्पतालहरूमा ४ सय शैयाका आइसियु छन् ।
चितवनमा ठुला ठुला ल्याब संचालनमा छन् ।सरकार र अस्पताल विकास समितिको गरि हाल भरतपुर अस्पतालमा मात्रै ६ सय शैया छन् । अस्पतालमा सरकारी भन्दा विकास समितिका कर्मचारी धेरै छन् । ६ सय कर्मचारी अस्पतालमा कार्यरत रहेका छन् । यसमा नेपाल सरकारका १ सय ४० जना मात्रै छन् । त्यस बाहेकका ४ सय ६० जना अस्पताल विकास समितिबाट रहेका छन् ।
बीपी कोइराला क्यान्सर अस्पताल
प्रति दिन ४ सय बिरामी क्यान्सरका सन् १९९७ बाट बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालले चितवनमा सेवा सुरु गरेको हो । डे प्यासेन्टबाट सेवा सुरु भएको थियो ।सन् १९९९ बाट बिपि कोइराला क्यान्सर अस्पताल भरतपुरले औपचारिक रुपमा बिरामीलाई सेवा दिन सुरु ग¥यो ।
सुरुका दिनमा ३० जना बिरामी ओपिडिमा आउने गरेका थिए । हाल ५ सय बिरामी हरेक दिन ओपिडिमा आउने गरेका छन् । ५ सय मध्ये ४ सय क्यान्सरका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालले दैनिक २५ जनासम्म क्यान्सरका बिरामीको डाइग्नोसिस गर्ने गरेको छ ।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विसं ०५७ असोज १० देखि सञ्चालनमा आएको थियो । अस्पतालमा हाल १२५ शैयाको अन्तरंग भवन, १५ शैयाको हसपिससमेत गरेर १९४ शैया सञ्चालनमा छन् ।
वि.स ०६९ सालदेखि निर्माण सुरू भएको थियो । भवनको संरचना अत्याधुनिक छ । त्यही अनुसारका उपकरण र प्रविधि भित्र्याएको छ । अस्पतालमा हाल वार्षिक एक लाख २१ हजारसम्म बिरामीहरु आउने गरेका छन् । बिरामीमध्ये लगभग आधा यो अस्पतालमा आउने गरेका छन् । केही बिरामी काठमाडौँका अन्य अस्पतालमा जान्छन् भने २०÷२५ प्रतिशत बिरामी उपचारका लागि भारतलगायत अन्य विकसित देशहरुमा जान्छन् । नयाँ भवन र उपकरणसहित उपचार सुरू गरेर मध्यम र उच्च वर्ग पनि उपचारका लागि आउन थालेका छन् ।
२०० शैयाको भवन निर्माण पूरा भएपछि थप अर्को २०० शैयाको गुरूयोजना तयार छ । अस्पतालमा चौबिसैघण्टा सेवा सञ्चालन हुनेछ । काम गर्ने चिकित्सक तथा प्राविधिकले थप शुल्क पाउने छन् । अस्पतालमा नेपालका मात्रै नभएर छिमेकी देश भारत, भुटान र बंगलादेशबाट पनि उपचारका लागि आउने गरेका छन् । भारतबाट मात्रै छ सय भन्दा बढी बिरामी आएको तथ्यांक छ । चीन सरकारको सहयोगमा बनेको हो ।
चितवन मेडिकल कलेज
आइएसओ मान्यता प्राप्त पहिलो मेडिकल कलेज चितवन मेडिकल कलेज हो । डाइग्नोसिस सेवामा नेपालमै एक नम्बरमा मानिन्छ । नेपालमा पहिलो सुविधासम्पन्न ल्याब छ । रेडियोलोजीमा सिटीस्क्यान, एमआरआई, मेमोग्रामदेखि लिएर ४० अल्टासाउण्ड रहेको छ । डाइग्नोसिसका लागी भारत जानुपर्ने बाध्यतालाई चितवन मेडिकल कलेजले अन्त्य गरिदिएको छ । चितवनसँग जोडिएका ६ जिल्ला चितवन, नवलपरासी, मकवानपुर, लमजुङ, तनहँु र गोरखाका नागरिकलाई प्रत्यक्ष रुपमा सेवा दिदै आएको छ । चितवन जिललाका अस्पतालहरूले ६ जिल्लाका ४० लाख नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेवा प्रवाह गरिरहेका छन । चितवन मेडिकल कलेजले १२ सय ४० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ । चितवनका स्वास्थ्य संस्थाले मात्रै ६ हजार ५ सय ४४ जना नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको छ । चितवन मेडिकल कलेजमा ७ सय ५० शैया, कलेज अफ मेडिकल साईन्समा ७ सय ५० शैया, क्यान्सर अस्पतालमा ३ सय शैया, भरतपुर अस्पताल ६ सय शैया र अन्य निजी स्वास्थ्य संस्थामा गरी चितवनमा ३ हजार १ सय ५४ शैया संचालनमा छन् । चितवनमा मात्रै १३ वटा नर्सिङ कलेज रहेका छन् । बेड संख्या जम्मा ७५० बेड हो । झण्डै ९० वटा भेन्टिलेटर छन् । यति धेरै भेन्टिलेटर र आईसीयू भएको अस्पताल अन्त छैन जस्तो लाग्छ ।
न्युटन अस्पताल
भरतपुरमा निजी क्षेत्रबाट अर्को ठूलो अस्पताल बन्दैछ, न्युटन अस्पताल । जुन डेढ वर्ष भित्र सञ्चालन आउने जनाइएको छ । तीन विघा ११ कट्ठा क्षेत्रफल ओगटेको छ । १ सय ७५ वटा गाडि अट्ने गाडि पार्किंग छ । मोटर साईकलको छुट्टै पार्किंग छ ।
भरतपुर— ८ मा निर्माणाधिन न्युटन अस्पताल ७ तलाको हुने छ । ३ सय ५० शैयाको हुने छ । ४ लाख ७६ हजार स्क्वायर फिट क्षेत्रफलमा निर्माण हुँदै छ । भवनले ओगटेको भुईंको जग्गा १७ कट्ठा छ । न्युटन अस्पतालमा ५ अर्ब ६० करोड लगानी रहेको छ । ४२ जना चिकित्सकको लगानी छ । केहि उद्योगपति, स्थानीय व्यक्ति, पूर्व कर्मचारीको पनि लगानी छ । नारायणि सामुदायिक अस्पतालको वृहत रुपमा रुपमा न्युटन अस्पताललाई लिइएको छ । नारायणि अस्पतालको मुख्य लगानी छ । नारायणि सामुदायिक अस्पतालमा १ सय ८३ जनाको लगानी छ ।
काठमाडौंको मेडिसिटि अस्पतालको इन्जिनियरि® डिजाइन गरेका विष्णु पन्थीले न्युटन अस्पताल भवनको नक्सा बनाएका हुन् । यो अस्पतालमा डेढ शय शैया क्यान्सरका बिरामीको लागि छुट्याइने जनाइएको छ । न्युटन अस्पताल अन्तर्गत न्युटन क्यान्सर इन्स्ष्टिच्युट हुने छ । अन्य २ शय शैया कार्डियोलोजी, न्युरोलोजी, गाइने, अर्थोपेडिक ,मेडिसिन सेवा प्रवाह हुने छ । न्युटन अस्पताललाई मेडिसिटि पछिको दोस्रो ठूलो अस्पताल बनाउने लक्ष्य लिइएको सञ्चालकले जनाएका छन् ।

