काठमाडौं । विश्वव्यापि महामारिका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को रोकथाम, नियन्त्रण, निदान एवं उपचारका लागि सरकारले ६ वटा रणनीति अघि सारेको छ ।
सरकारले ६ वटा टि को सुत्रबाट आफना रणनीति अघि सारेको छ कोरोना भाइरस संक्रमणकोे सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको उनले जानकारी दिए ।
सरकारले गत चैत्र १० गतेदेखि लकडाउनको घोषणा गरेको थियो । यसलाई पहिलो टी (ट्राभल रेष्ट्रिक्सन )आवतजावत बन्द गर्ने कार्यका रुपमा लिएको छ । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन अनिवार्य गरिएको छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस भन्ने रहेको मन्त्री ढकालको भनाई छ । डा. ढकालका अनुसार, यो प्रभावकारी पनि सावित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ । तर संक्रमणबाट बचाउन यो अपरिहार्य छ ।
त्यस्तै दोश्रो टी अर्थात टेष्टिङ्ग परीक्षण रहेको जनाइएको छ । यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ (रयापिड डायग्नोष्टिक किट आरडीटि)बाट गरिने परीक्षणको अवस्था ७७ वटै जिल्लामा पुराइएको छ ।
तेस्रो रणनीतिमा टे«सिङ्ग रहेको छ । ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।
चौथो ट अर्थात ट्रयाकिङ्ग रहेको छ । सम्भावित संक्रमित र संक्रमित व्यक्तिको एक ठाउँबाट अर्को ठाउँमा भएको आवत जावतको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । यसको लागि स्वास्थ्य मन्त्रालयले मातहतबाट खटिएका टोलीहरु कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको मन्त्रालयको भनाई छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन कार्यमा स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मी मिडियाकर्मीर सम्बन्धित सबै सरोकावालाहरुलाईसहयोग, समन्वय र सहकार्यका लागि अपिल गरिएको छ ।
पाँचौ रणनीतिमा ट्रिटमेन्ट अर्थात उपचार रहेको छ । सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले रणनीति तय गरेको छ । कोरोना संक्रमितको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ । कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकस्मिक सेवा र निरन्तर उपचारका क्रममा रहेका बिरामीहरु थप समस्यामा परेका छन । सर्वसुलभ रुपमा सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन निरन्तर लागिपरेको मन्त्री ढकालको दावी छ ।महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ ।
छैठौं रणनीतिका रुपमा अघि सारिएको टुगेदर अर्थात एक साथ भन्ने रहेको छ । उच्च स्तरीय समिति, स्वास्थ्य मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको जनाइएको छ ।

