रक्तचाप सामान्यतया ३० वर्ष नाघेपछि क्रमिक रूपले बढ्ने गर्छ ।५० वर्षसम्मको उमेरमा महिलामा कम देखिने र त्यसपछि महिला र पुरुष
दुवैमा बराबरी देखिने गरेको पाइन्छ । मुटुको बायाँ भेन्ट्रिकल सुन्निने समस्या मुटुका चारवटा खण्डमध्ये मुुटुको पम्पको मुख्य काम बायाँ भेन्ट्रिकलले गर्छ। रक्तचाप बढेको बेला बायाँ भेन्ट्रिकलले बढी दबाबमा काम गर्नुपर्दा यसमा मोटोपना तथा कडापना बढ्ने गर्छ । यस्तो समस्यालाई ईसीजी तथा इको जस्ता परीक्षणहरू गरेर पत्ता लगाउन सकिन्छ । सुरुमै उपचार गरे यो सामान्य अवस्थामा फर्किन सक्छ । तर पछि बढ्दै गएमा हृदयाघात हुने सम्भावना बढ्न जान्छ। मुटुको बायाँ भेन्ट्रिकलमा मोटोपना तथा कडापनाको समस्या देखिएमा मुटुको चाल अनियन्त्रित, अनियमित तथा अत्यधिक हुन सक्ने तथा मुटुभित्रका ससाना रक्तनलीहरू आवश्यक परेका बेलामा फुक्न नसक्ने हँुदा हृदयाघातको जोखिम झन् बढ्ने गर्छ। यस्तो अवस्थामा अकस्मात् मृत्यु हुन पनि सक्छ।
मुटुको पम्प कमजोर हुने समस्या
मुटुको पम्प कमजोर हुने अवस्थालाई मुटु फेल भनिन्छ। लगातार मुटुको पम्पले बढी दबाबमा काम गरिरहदाँ पछि गएर मुटु थाक्ने र काम गर्ने क्षमता घट्ने
समस्या देखापर्छ । यसै अवस्थालाई मुटुको पम्प कमजोर हुने समस्या भनिन्छ । यस्तो समस्या देखिएमा बिस्तारै हिंड्दा पनि श्वास बढ्ने, खुट्टा सुन्निने र थकाइ बढी लाग्ने हुन्छ ।
हृदयाघात तथा मुटुका धमनीहरू रोकिने अवस्था
हृदयाघात भनेको मुटुको धमनी रोकिने अवस्था हो । मुटुको मांसपेशीलाई अक्सिजन, ग्लुकोज पु¥याउने रगत बोकेका रक्तनलीहरूमा एक्कासीे अवरोध पुगेर मुटुको मांसपेशी मर्ने रोग हो । उच्च रक्तचाप निरन्तर बढिरहँदा वा न्त्रिणमा नआउँदा लामो समयसम्म रगतले रक्तनलीको भित्तामा दबाब दिने गर्छ .जसले गर्दा मुटुको धमनीहरुको भित्रि पत्र ईन्डोथेलियम क्षतिग्रस्त भई उक्त भागमा कोलेस्टेरोल जम्मा भई साँघुरो हुने वा बन्द हुने क्रिया तीब्र गतिमा हुने गर्छ । यस्तो बेला छातिको बीच भागमा पीडा हुने, परिश्रम गर्दा दम बढ्ने, खुट्टाहरु सुन्निने, मुटु बेतालमा धड्किने, चक्कर लाग्ने, घाँटीको रक्तनली फुल्ने वा चल्ने गर्छ।
मुटु फुक्न वा फैलन नसक्ने समस्या
मुटु फुक्ने र खुम्चने प्रक्रिया निरन्तर चलिरहन्छ । खुम्चिएको बेला मुटुले रगत पम्प गरिरहेको हुन्छ । फुकेको बेलामा रगत ग्रहण गरिरहेको हुन्छ । जसबाट मुटुमा रगत भरिन्छ । यसरी फुकेको बेला जम्मा भएको रगत हरेक धडकनले अगाडी धकेलिरहेको हुन्छ । यस्तो प्रक्रियामा रक्तचाप बढी रहिरहेमा मुटुमा कडापन हुने समस्या देखा पर्छ । त्यसपछि मुटुले सामान्य तरिकाले काम गर्न सक्दैन ।

