काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) भन्छ, कोरोना भाइरसबाट जोगिने एकमात्र उपाय भनेको खोप नै हो । डब्लुएचओकी प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनले पत्रकार सम्मेलनमा डेल्टा भेरियन्ट अत्यधिकरुपमा फैलिरहेको बताइन । स्वामीनाथनका अनुसार, खोप लगाएका व्यक्तिहरु सुरक्षित छन् । तर, यसको मतलव ती व्यक्तिहरुले संक्रमण सार्न सक्दैनन भन्ने होइन ।
कोरोना विरुद्ध खोपको पहिलो वा दोस्रो मात्रा लिए पछि शरीरमा कोरोनाको प्रभाव जान्न नयाँ अध्ययन गरिएको छ ।
यो अध्ययन भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) द्वारा अध्ययन गरिएको छ ।आईसीएमआर द्वारा गरिएको अध्ययनमा खोप पाए पछि कोरोना संक्रमित व्यक्तिहरूको जीनोम विश्लेषणमा आधारित छ । पीसीआर परीक्षण गरेका ६७७ जनामा जीनोम विश्लेषण गरिएको थियो । ४८२ जनामध्ये ७१ प्रतिशतमा कोरोना संक्रमणको लक्षण थियो । २९ प्रतिशत लक्षण विहिन (एसिम्टोमेटिक) थियो ।
अध्ययनमा धेरै जसो व्यक्तिमा डेल्टा भेरियन्ट संक्रमण भएको थियो । सहभागी मध्ये ६९ प्रतिशतमा ज्वरो आएको थियो । ५६ प्रतिशतमा टाउको दुखाईको समस्या थियो ।
४५ प्रतिशतमा खोकी र ३७ प्रतिशतमा घाँटिको दुखाई थियो । २२ प्रतिशत व्यक्तिहरु गन्ध र स्वाद लिन सक्दैनथे । ६ प्रतिशत पखाला, ६ प्रतिशतको स्वासप्रश्वासमा समस्या थियो । एक प्रतिशतमा आँखा रातो हुने समस्या थियो ।
संक्रमितमा डेल्टाका साथै अल्फा र कप्पा भेरियन्ट पनि थियो । सबैभन्दा बढी ८६ प्रतिशत डेल्टा संक्रमित थिए ।
संक्रमण पछि मृत्युदरमा कमी आएको थियो । सहभागि मध्ये ७१ जनाले कोभ्याक्सिन र ६०४ जनाले कोभिशिल्ड खोप लगाएका थिए । २ जनाले चीनको सिनोफर्म खोप लगाएका थिए । यी सहभागी मध्ये ३ जनाको ज्यान गएको थियो ।
अध्ययन अनुसार, ९ दशमलव ८ प्रतिशत व्यक्तिहरु खोप लिइसकेका र अस्पतालमा भर्ना गर्नु परेको थियो । जबकी, शून्य दशमलव ४ प्रतिशत संक्रमितको मृत्यु भएको थियो ।उक्त अध्ययनले खोपले सुरक्षा प्रदान गर्ने कुराको स्पष्ट भएको छ ।

