काठमाडौं ।तरकारी र सलादमा प्रयोग गरिने प्याज स्वास्थ्यका लागि फाइदाजनक छ । मधुमेह, क्यान्सरजस्ता रोगका जोखिम कम गर्न उपयोगी छ ।
मधुमेहरोगीले दिनहुँ प्याज खानु लाभदायक हुन्छ । प्याजमा पाइने तत्वले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ ।
कपाल झर्ने समस्या भएकाले प्याज खाए फाइदा गर्छ ।
प्याज खाँदा कब्जियतको समस्याबाट छुटकारा पाइन्छ ।
महिनावारीमा पेट दुख्ने समस्या भोगिरहेका महिलाका लागि प्याज लाभकारी छ ।
आँखाका लागि प्याज फाइदाजनक छ ।
प्याजमा एन्टी–अक्सिडेन्ट पाइन्छ । यसले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।
प्याजमा भिटामिन सी पाइन्छ, जसले क्यान्सरको जोखिम कम गर्छ ।
दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।
रगतको कमी भएकालाई प्याजले लाभ पु¥याउँछ ।
प्याजले युरिन इन्फेक्सनको समस्यामा राहत दिन्छ ।
तनाव कम गर्न, पाचन प्रक्रिया दुरुस्त बनाउन र मीठो निद्रा लगाउन प्याज गुणकारी छ ।

