हामीलाई दैनिक आहारमा क्याल्सियम चाहिन्छ । महिला र पुरुषमा क्याल्सियम भिन्न भिन्नमा चाहिन्छ । क्याल्सियम हड्डी स्वस्थ र बलियो बनाउँछ ।
१९ वर्ष माथिका महिलाले दैनिक १ हजार एमजी भन्दा बढी क्याल्सियम लिनु पर्छ । त्यस्तै ५० वर्ष भन्दा माथिका महिलामा १३ सय एमजी चाहिन्छ । त्यस्तै गर्भवतिलाई ११ शय र स्तनपान गराइरहेका महिलालाई १३ शय एमजी क्याल्सियम चाहिन्छ ।
स्रोत : ब्रोकाउली, आलमण्ड, तोफु, दुध, उमालेको अण्डा, माछामासु, ब्रेड, चिज आदि ।
एक कप दूधले शरीरमा तीनसय मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ भने दहीबाट डेढ सय देखि दुई सय मिलिग्राम क्याल्सियम प्राप्त हुने गर्छ । दैनिक मात्रामा दूधको सेवन तथा फलफूल तथा साजसब्जीको सेवनले शरीरमा दैनिक छ सय देखि सात सय मिलिग्राम क्याल्सियमको आपूर्ति हुने गर्छ ।चिकित्सकहरुका अनुसार धेरैजसो अवस्थामा मृगौलामा हुने पथ्थरी क्याल्सियमकै कारण हुने गर्छ । तर विभिन्न अनुसन्धानहरुले यो पनि भनेको छ कि क्याल्सियमयुक्त आहारको सेवनले मृगौलामा पथ्थरी हुने खतरा कम हुने गर्छ ।
कारण के हो भने क्याल्सियमका कारण आक्जलेटको अवशोषण कम हुने गर्छ ।
आक्जलेट त्यस्तो अणु हो, जसले क्याल्सियमसित लडेर मृगौलामा पथ्थरीको कारण बन्न सक्छ ।

