काठमाडौँ ,क्यान्सरका कारण निधन भएकी रिना श्रेष्ठ राजभण्डारीका छोरा विज्ञान राजभण्डारी तथा श्रीमान बैकुण्ठ राज भण्डारीले उनको सम्झनामा ६ लाख ५० हजार नगद सहयोग प्रदान गरेका छन।
नेपाल क्यान्सर हस्पिटल एवं नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा ३९ औं क्यान्सर सर्भाइभर भेलामा ६२ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएकी रिना श्रेष्ठ राजभण्डारीका छोरा विज्ञान राजभण्डारी तथा श्रीमान बैकुण्ठ राज भण्डारीले उनको सम्झनामा ६ लाख ५० हजार नगद सहयोग प्रदान गरेका थिए । कार्यक्रममा डली गुरुङ, संगीता थापा शाक्य, सुष्मा महर्जन, बबी शाक्य तथा विद्या तुलाधर लगायतले क्यान्सर विजयको यात्राबारे अनुभव साटासाट गरेका थिए ।

