काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरले तीन महिना नाघिसक्दा पनि मृत्युदर घटेको छैन । दिनहुँ संक्रमितको मृत्युदर बढे पछि विज्ञहरु पनि चिन्तित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकमा पछिल्लो समय दुई खालका नयाँ भेरियन्ट सक्रिय छन् । यस अघि युके भेरियन्टले हजारौंलाई संक्रमणको चपेटामा पारेको थियो । पछिल्लो चौबिस घण्टामा (बुधबार) संक्रमणबाट २४६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यो हालसम्मकै उच्च मृत्युदर हो । यस अघि गत बैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय देखिएको डबल म्युटेन्ट र त्रिपल म्युटेन्ट भाइरस घातक रहेकोले मृत्युदर बढेको विज्ञहरु बताउँछन् । दोस्रो लहरको संक्रमण तत्काल नियन्त्रण नआउने जनाउँदै पर्याप्त सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले तीन वटा भेरियन्ट पुष्टि भएकोले अवस्था थप जटिल बन्दै गएको बताए ।
किन बढ्दैछ, मृत्युदर ?
किन बढ्दैछ, मृत्युदर ?
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

