लक्षणहरु
आँखा रातो हुने
आँखा चिलाउने
आँखाबाट आँशु बगिरहने
आँखामा कचेरा ÷चिप्रा लाग्ने
आँखाको ढकनी रातो हुने, सुन्निने
आँखा विझाउने, दुख्ने
घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने
जोगिने उपाय
जथाभावि आँखा नछुने
आँखा छोइसके पछि साबुन पानीले हात धुने
संक्रमित व्यक्तिको नजिक नजाने
संक्रमितले प्रयोग गरेका सामान प्रयोग नगर्ने
व्यक्तिगत सरसफाईमा ध्यान दिने
आँखा पाकेमा के गर्ने ?
आँखा नमिच्ने
आँखामा पानी नछ्याप्ने
बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने
बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने
आफूले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना हरेक दिन धुने
प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने

