अहिले जताततै सुनिएको कुरा मिडिया संकटमा छ भन्ने हो । पत्रकारितामा मात्र गरेर बाँचिरहेका धेरै पत्रकार साथीहरुलाई सेवाबाट हटाइएको वा हटाउने तयारी भएको भन्ने चर्चाहरु व्यापक छन् । अहिलेको सिनारियो हेर्दा नेपाली पत्रकारकारिताको भविश्य नै धरापमा परेको जस्तो देखिएको छ । अरु त अरु दशकौंदेखि त्यही मिडियाबाट कमाएर अर्वपति बनेकाहरुले समेत अहिलेको क्राइसिसमा पत्रकार कर्मचारीलाई हटाउन खोज्नु वा सुविधा कटौती गर्न खोज्नु भनेको स्वार्थभन्दा केही पनि होइन । मेरो विचारमा अहिले गर्नु पर्ने र गर्न सकिनाे केही कार्यहरु :
१. अपवादलाई छाडेर धेरै जसो मिडिया मालिकहरुले कम्पनी घाटमा गएको भनेर पत्रकारलाई तलब नदिए पनि तिनको आर्थिक हैसियत अर्ब भन्दा माथी पुगेको छ । त्यो उनीहरुले अरु ब्यवसाय गरेर कमाएको होइन, मिडिया कै कारण कमाएको हो ।
२. थोरै मिडिया मालिक (उदाहरण, कान्तिपुर) ले मिडियाबाटै कमाएर अर्बपति बनेका छन् । अहिले केही व्यापार व्यवसायमा अगानी गरेपनि तिनको कमाइको स्रोत मिडिया नै हो ।
३. यो क्राइसिसको बेला पनि मालिकहरु आफ्नो हिस्साको आम्दानी भने छाड्न चाहिरहेको देखिंदैन । जेनतेन जीवन गुजारा गरिरहेको पत्रकार कर्मचारीको सुविधा काट्न उद्दत देखिन्छन् । तर आफ्नो लक्जरी जीवन शैलीमा कुनै किसिमको सम्झौता गर्न चाहँदैनन् ।
४. मेरो बुझाइमा मिडियामा अहिले दुई वटा समस्याहरु छन्: पहिलो विश्वासको संकट छ । यसको जिम्मेबार पनि मिडिया मालिकहरु नै हुन् किनभने कि त मिडिया कन्टेन्टमा उनीहरुको स्वार्थ जोडिएको छ कि त कन्टेन्टमा लगानी नै छैन । न्यूनतम् जीवन निर्वाहको लागि पनि धेरै ठाउँ चहार्न पर्ने पत्रकारबाट उत्कृष्ट कन्टेन्टको अपेक्षा राख्न सकिंदैन । दोस्रो भनेको संकट देखिन लागेपछि पोको पारेर बाहिरने योजना । हो, सबै क्षेत्रमा जस्तै अहिले मिडियामा पनि आर्थिक संकट छ । अरु धेरै क्षेत्र प्रभावित हुँदा यो क्षेत्र मात्र अछुतो रहन सक्ने कुरै भएन । तर यो सधै यस्तै हुने त होइन । मेरो लाटो विचारमा यो अबस्था लामोमा डेढ/दुई वर्षजति रहला । त्यसपछि त फेरी अर्थतन्त्रले लय समात्ने छ । त्यसैगरेर अहिलेको सोसल मिडियाको बाढी र एक प्रकारको अराजकताले निराश बनाएको अबस्था पनि छ । तर यो सधै यसरी नै रहने कुरा होइन । पाठकहरुले फेरी के सही र गलत त छुट्याउने नै छन् ।
यो दुवै अवस्थाबाट अघि बढ्ने भनेको मिडिया कन्टेन्टमा लगानी बढाएर नै हो । अहिलेसम्म कमाएरको सम्पतिको अलिकति हिस्सा त्यही मिडियाको कन्टेन्टमा लगानी गर्नु अहिलेको आवश्यकता हो । अहिले पत्रकारहरुलाई निकालेर वा सुविधा घटाएर उनीहरुको मोराल गिराउने बेला होइन । यो डेढ/दुई वर्षको अप्ठ्यारोमा झनै उत्कृष्ट कन्टेन्टहरु दिएर अघि बढ्न सक्यो भने मिडियाको भविश्य राम्रो हुनेछ ।
क्राइसिस भयो भनेर पत्रकारलाई निकाल्ने, मिडिया बन्द गर्ने, यहीबाट कमाएको रकम पोको पारेर जग्गा खोज्दै देशभर हिंडिरहने हो भने यि नाफाखोरहरुले मिडिया क्षेत्रलाई धरासायी त बनाउँछ नै अहिले ती सम्मानित मिडिया मालिकहरु मर्ने बेलामा जग्गा दलाल कहलिएर मर्ने छन् । साभार फेसबुक स्टाटस
मिडिया र मिडिया मालिकबारे केही कुरा
मिडिया र मिडिया मालिकबारे केही कुरा
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

