काठमाडौं । काठमाडौं जिल्ला अदालतका कोरोना संक्रमित भएका न्यायाधीस वासुदेवलाल श्रेष्ठको निधन भएको छ ।
कोरोना संक्रमण भएपछि टेकु अस्पतालमा उपचारका लागि भर्ना भएका न्यायाधीस श्रेष्ठको निधन भएको हो ।
न्यायाधीस श्रेष्ठको हिजो बेलुकी ५ बजेतिर निधन भएको जानकारी आएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्र कुमार शर्माले जानकारी दिए ।

