काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना विरुद्धको आपतकालिन प्रयोगको तीन वटा मुलुकमा उत्पादित खोपलाई आयात अनुमति दिएको छ । हालसम्म पाँच वटा खोपलाई सशर्त अनुमति दिइएको छ ।
शुक्रवार चिनिया खोप उत्पादक सिनोभ्याक लाइफ कम्पनिले विकास गरेको कोरोनाभ्याक (भेरोसेल) खोपलाई अनुमति दिइएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेट्रिक्स प्रालिले पेश गरेको कागजातका आधारमा अनुमति दिइएको हो । यो खोप १८ वर्ष माथिका व्यक्तिले लगाउन सक्ने छन् । गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपतकालिन प्रयोगको लागि अनुमति दिएको थियो ।
यो खोप दुई देखि ८ डिग्रि सेल्सियस तापक्रममा १२ महिनासम्म भण्डारण गर्न सकिने सूचना अधिकारी केसीले जानकारी दिए । यो खोप ३९ वटा मुलुकमा आपतकालिन प्रयोगमा आइसकेको छ ।
यसअघि विभागले गत चैत ३१ रुसको ‘स्पुतनिक भी’ लाई पनि आयात अनुमति दिएको थियो । त्यस्तै चिनिया कम्पनि सिनोफार्मद्धारा उत्पादित ‘भेरोसेल’लाई पनि विभागले अनुमति दिएको थियो । सबैभन्दा पहिला भारतमा सेरम इन्स्टिच्युटले उत्पादन गरेको अस्ट्राजेनिकाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ लाई अनुमति दिइएको थियो । विभागका सूचना अधिकारी केसीका अनुसार, आयात अनुमति दिइएका सबै खोपहरु ‘सुरक्षित, प्रभाबकारी र गुणात्मक’ रहेको निस्कर्ष निकाल्दै आपतकालिन प्रयोगकालागि अनुमति दिइएको हो ।
औषधि वा खोपको विदेशी उत्पादकको नेपालस्थित आधिकारिक आयातकर्ता वा एजेन्ट हुनु पर्ने कानून व्यवस्था छ । सोहि प्रावधानको आधारमा विभागले ५ उत्पादक कम्पनिको खोपलाई आपतकालिन अनुमति प्रदान गरेको हो ।
हालसम्म चीनले दुई चरणमा गरेर १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी भारतले पनि १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई अनुदान दिएको छ ।
कोरोना विरुद्ध ५ खोपलाई अनुमति
कोरोना विरुद्ध ५ खोपलाई अनुमति
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

