काठमाडौं । के तपाईंलाई थाहा छ ? नेपालमा विदेशी नर्सहरु पनि कार्यरत छन् ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०\०८१ को आर्थिक सर्वेक्षणमा ८४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्क उल्लेख गरिएको छ ।
२०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३१३ नर्स दर्ता भएकामा विदेशी नर्सको संख्या ८४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये १ हजार ५०७ विशेषज्ञ नर्स, ३७ हजार ४२० अनमी र ६६ मिडवाइफ छन् ।

