बरिष्ठ मिर्गौला रोग विशेषज्ञहरुका अनुसार झण्डै तीन हजार व्यक्तिको मिर्गौलामा समस्या देखिएको छ । उनीहरु डायलाईसिस भए बाँच्ने नभए ज्यान गुमाउने अवस्था छन । बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन,‘मिर्गौला कामै नलाग्ने गरि विग्रेका व्यक्तिहरु डायलाइसिसको पहुँचमा छैनन । कतिपयले उपचार नपाएर अकालमा ज्यान गुमाइरहेका छन ।’
बच्चादेखि बुढेशकाल सम्मका व्यक्तिहरुको मिर्गौला विग्रेको मिर्गौला रोग विशेषज्ञहरु बताउँछन । डा. काफ्लेका अनुसार, वर्षमा एक पटक स्वास्थ्य परिक्षण गरेर विरामीलाई समयमै पहिचान नगर्ने हो भने तीस हजार व्यक्तिलाई डायलाइसिस दिन सकिंदैन । सरकारले धान्नै सक्दैन ।
लक्षण विहिन समस्याका रुपमा मिर्गौला रोगलाई लिइन्छ । नजँचाएका व्यक्तिले आफ्नो मिर्गौला स्वस्थ्य छ भनेर ढुक्क बन्न नहुने सल्लाह चिकित्सकको छ । तीस वर्ष भएका व्यक्तिले आफूलाई रक्तचाप,वा मधुमेह छ भने होशियारी अपनाउनु पर्छ । परिवारका कुनै सदस्यलाई मिर्गौला रोग छ भने अथवा आफू पनि धेरै मोटो भइएको छ भने वर्षमा एकपटक रगतमा क्रियटिनिन र पिसाबमा एल्बुमिन जाँच गराउनु पर्छ । उनी भन्छन,‘लक्षण देखिएको छैन भन्दै कुरेर बस्ने होइन । पिसाबमा एल्बुमिन गएको रहेछ भने मिर्गौला रोगी हुन थालिएको बुझनु पर्छ । मिर्गौला रोगले घन्टि बजाउन शुरु गरेको रुपमा सम्झनु पर्छ । समयमै उपचार नगर्ने हो भने मिर्गौला बिग्रन सक्छ । शुरुमै उपचार गरे निको हुन सक्छ ।त्यसैले पिसाबबाट एल्बुमिन जान दिनु भएन । त्यस्तै रगतमा क्रियटिनिन बढेको रहेछ भने मिर्गौला विग्रन थाल्यो भने बुझनु पर्छ । आफूलाई सम्हाल्दै समयमै उपचार शुरु गरियो भने मिर्गौला झन् विग्रनबाट रोक्न सकिन्छ ।मुख बार्ने र स्वस्थ्य जीवनशैली अपनाउने हो भने मिर्गौला विग्रनबाट बचाउन सकिन्छ ।
मिर्गौला थप बिग्रनबाट बचाउन विरामीहरुले कसैले औषधि सेवन गरिरहेका छन । कोही डायलाइसिस गरि आयु लम्ब्याउने प्रयास गरिरहेका छन । मिर्गौला विग्रेका सबैले डायलाइसिस नपाएर अकालमा ज्यान गुमाइरहेका छन । डा. काफ्ले भन्छन,‘ ती व्यक्ति भाग्यमानी हुन जसले डायलाईसिस पाइरहेका छन । कयौं व्यक्तिहरु डायलाईसिस पाउनु पर्ने तर डायलाइसिसको पहुँचभन्दा बाहिर बसेकाछन । डायलाईसिस नपाएर कतिपय ज्यान गुमाइरहेका छन ।’ सबै जिल्लामा डायलाइसिस सेवा नहुँदा दुर्गमका विरामीको विचल्लि हुने गरेको छ । तर डायलाइसिसको पहुँच बढाउनेतिर मात्र ध्यान दिने हो भने कुनै दिन सेवा नै रोक्नु पर्ने स्थिति आउने डा. काफ्लेको दावी छ । विरामीहरुको संख्या बढिरहेकोले सेवा दिन नसक्ने अवस्था रहेको उनी बताउँछन । मिर्गौला विग्रेका व्यक्ति मध्ये कति प्रतिशतले डायलाईसिसको पहुँचमा छन भन्ने आधिकारिक अध्ययन भइसकेको छैन ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मिर्गौला बचाउ अभियान शुरु गरेको छ । केही वर्षदेखि अमेरिकामा मिर्गौला विग्रेका व्यक्तिको संख्या बढन छोडेको छ । अहिले जनचेतना फैलाउन सकियो भने दश वर्षपछि मिर्गौलाका विरामी तुलनात्मकरुपमा घटाउन सकिन्छ । डा. काफ्लेका अनुसार, मिर्गौलाले दूषित पदार्थ र र रगतमा जम्मा भएको बढी पानी शरीर वाहिर फाल्न सहयोग पु¥याउँछ । त्यस्तै गरि रक्तचाप सन्तुलनमा राख्छ । रगत बनाउन मद्दत गर्छ । हाडलाई स्वस्थ्य राख्न सहयोग गर्छ । त्यसैले गर्भवति अवस्थामा आमाले स्वस्थ पौष्टिक खाना खान नपाएको अवस्थामा जन्मिएको बच्चाको मिर्गौला कमजोर हुन सक्छ । त्यसैले गर्भवति अवस्थाका रहेका आमाले खानेकुरामा विशेष ध्यान दिनु पर्छ । रक्तचाप सन्तुलित अवस्थामा राख्नु पर्छ । धुम्रपान, मद्यपान गर्ने व्यक्तिको मिर्गौला रोग बढाउँछ । समयमा सुत्ने र उठ्ने गर्नुपर्छ । नियमित सातघण्टा सुत्नु पर्ने डा. काफ्लेको सुझाव छ । घरबाहिरका खाना स्वस्थ्य नहुने भएकैले घरकै सन्तुलित दाल,भात, तरकारी, सागसब्जी, दूध,दहि, फुलफु्ल सेवन गर्नु पर्ने चिकित्सकको सुझाव छ । तारेको, भुटेको खानेकुरामा जोड दिनु हुँदैन ।
मिर्गौलाका विरामीहरु ढीलो भइसकेपछि मात्र उपचार गर्न जाने गरेका छन । ठिकै छुँ भन्दै हेलचेक्र्याई गर्ने प्रवृत्ति देखिन्छ । मिर्गौला रोग लागेको वा विग्रेको लक्षण नीकै ढीलो मात्र देखा पर्दछ । ८० प्रशित मिर्गौला विग्रयो भने मात्र लक्षण देखा पर्ने डा. काफ्ले बताउँछन । त्यतिबेला उपचार गर्न आउँदा चिकित्सकले मिर्गौला धेरै विग्रेकोले डायलाईसिस गराउनु पर्ने सझुाव दिने गरेका छन । त्यसबेला विरामी र अन्य नातेदारहरु छाँगाबाट खसे झै हुने गरेको चिकित्सकहरु बताउँछन ।
स्वस्थ राख्ने उपाय
ड्ड सक्रिय जीवन जीउने ।
ड्ड समयमा सुत्ने एवं उठ्ने ।
ड्ड रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने ।
ड्ड रक्तचाप ठिक राख्ने ।
ड्ड पर्याप्त पानी पिउने ।
ड्ड तौल सन्तुलित राख्ने ।
ड्ड स्वस्थ खाना खाने ।
ड्ड धुम्रपान,मद्यपान नगर्ने ।
ड्ड जथाभावि पेनकिलर औषधि सेवन नगर्ने ।
ड्ड शारिरिक व्यायाम गर्ने
ड्ड प्रणायाम गर्ने,
ड्ड वर्षमा एक पटक रगतमा क्रियटिनिन र पिसाबमा प्रोटिन जाँच गर्ने ।
कसरी जोगाउने मिर्गौला ?
कसरी जोगाउने मिर्गौला ?
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

