काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले संघिय अस्पतालमा स्वास्थ्य बिमाको रकम भुक्तानि गर्न बाँकी रहेको जानकारी दिंदै प्रायसबै अस्पतालमा ९ अर्ब भुक्तानि गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभामा सांसद प्रेम सुवालको प्रश्नको सोमबार जवाफ दिंदै स्वास्थ्यमन्त्री पौडेलले विमा समितिले जानकारी दिए अनुसार प्रायजसो सरकारी अस्पतालको ९ अर्ब रुपैंया बक्यौता रहेको बताए । उनले भने, ‘प्रिमियरबाट जम्मा भएको र बीचमा सरकारले सात अर्ब निकासा गरेर दिएको बाहेक अरु सबै पैसा वक्यौताका रुपमा रहेको स्थिति छ । अस्पताललाई समयमा पैसा उपलब्ध नभएका कारणले विमित व्यक्तिहरुको उपचारमा कठिनाई भएको विषयका बारेमा मन्त्रालय जानकार छ । त्यसकारण यस सम्बन्धि विषयमा सरकारले तत्काल निर्णय गर्ने छ ।र, वक्यौता जुन जुन अस्पतालमा छ,तत्काल रकम निकासा गरि ती अस्पतालहरुलाई सरकारले तिर्नु पर्ने वक्यौता तत्काल तिरेर विमालाई व्यवस्थित गरिने छ ।’

