काठमाडौं । नेपालमा पहिलो पटक शल्यक्रिया मार्फत ट्रान्सजेन्डर (जन्मदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति)ले लिंग परिवर्तन गरेर महिला बनेकी छिन् ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण(टिचिङ) अस्पताल, महाराजगन्जको प्लाष्टिक सर्जरी विभागमा ६ घण्टा लगाएर शल्यक्रिया मार्फत नेपालमा पहिलो पटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल)गरिएको हो । अस्पतालका सह प्रवक्ता प्रा.डा गोपाल सेढाईका अनुसार, जनकपुर निवासी २५ वर्षिय पुरुषको यौनांगको शल्यक्रिया गरिएको हो । डा. सेढाईले भने,‘पुरुषको लिंगको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रिय अंगको पूनर्निर्माण गरियो ।’
विदेशी प्लाष्टिक सर्जन डा. अलिरेजा हमिदियान जाहरोमिको नेतृत्वमा तथा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्राडा जयन मान श्रेष्ठको संयोजकत्वमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियामा प्लाष्टिक सर्जनहरू प्राडा ईश्वर लोहनी, डा.संगम रायमाझी, डा. समित शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विनको संलग्नता थियो । एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टीमले सहयोग गरेका थिए ।
शल्यक्रिया पछि पनि नियमित औषधि सेवन गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । शल्यक्रिया गर्न बढीमा दुई लाख लाग्ने अस्पतालले जनाएको छ ।यो शल्यक्रिया गर्न विदेशमा जानुपर्ने बाध्यता रहेकोमा नेपालमै सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई राहत मिल्ने अस्पतालले जनाएको छ।
प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा श्रेष्ठका अनुसार,अव देखि अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिक स्थापना गरि नियमित सेवाहरु सुचारु गर्दै जाने योजना छ । यसबाट कुनै व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको डा. श्रेष्ठले बताए ।
पहिलो पटक शल्यक्रिया गरि पुरुषको लिंग परिवर्तन
पहिलो पटक शल्यक्रिया गरि पुरुषको लिंग परिवर्तन
"६ घण्टा लगाएर शल्यक्रिया , बढीमा दुई लाख खर्च लाग्ने "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

