काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले मदिरा, सूर्ति र लागू औषध दुव्र्यसनि जस्ता कुलतबाट युवा जोगाउँदै उनीहरुमा सकारात्मक सोंचको विकास गर्ने र उनीहरुमा भविष्को लक्ष्य प्राप्तिकोलागि उपयुक्त मार्गदर्शन गराउने उद्देश्यले राष्टिय युवा परिषद मार्फत युवा परामर्श तथा मार्गदर्शन कार्यक्रम ल्याइएको जानकारी दिएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै मन्त्री श्रेष्ठ सो जानकारी दिएका हुन् । यस कार्यक्रमले जीवनको उद्देश्य भुलि सहि बाटो पत्ता लगाउन नसकेर अलमलमा परेका र आफ्नो क्षमता पहिचान गर्न नसकि भावि योजना बनाउन नसकेका युवा सहि मार्ग पत्ता लगाउन सहजिकरण हुने अपेक्षा गरेको उनले बताए । मन्त्री श्रेष्ठले भने, ‘युवा प्रतिभा पलायन हुने प्रवृत्तिलाई रोक्न सबै प्रदेशमा ह्वाई नेपाल ? क्याम्पियन सञ्चालन गरि सामाजिक सञ्जालहरु मार्फत सकारात्मक सन्देशमुलक सामग्रिहरु प्रशारण गर्ने योजना रहेको छ । यस अभियानले स्वदेश र विदेशमा रहेका युवालाई नेपाल नै उपयुक्त स्थल हो भन्ने सकारात्मक सोंचको विकास हुने विश्वास लिएको छुँ । अध्ययनकोलागि होस वा आय आर्जनकोलागि व्यवसाय सञ्चालन गर्न होस । मनोरञ्जनकोलागि होस वा प्रतिभा प्रदर्शनकोलागि होस । गौरवमय इतिहासकोलागि वर्तमानमा होस वा भविष्यकालागि होस । सबै पक्षमा नेपाल नै उबैर भूमि हो र नेपालमा नै स्वस्थ , सुन्दर र उर्बर बनाउनु पर्छ भन्ने भावनाको विकास हुने विकास हुने विश्वास पनि लिएको छुँ ।’स्वरोजगार हुन सञ्चालन गरिएका व्यवसायमा थप ६ हजार जनाले रोजगारी पाउने अपेक्षा गरेको उनले बताए ।

