“स्वास्थ्य क्षेत्रमा दिगो बिकासः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास”
२० औैं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस- २०८०
हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नेपालमा मनाइँदै आएको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको २० औं संस्करण यस बर्ष यहि २०८० मंसिर १९ गते (तदअनुसार डिसेम्बर ५, २०२३) का दिन “स्वास्थ्य क्षेत्रमा दिगो बिकासः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मुल नाराका साथ देशभर मनाइँदैछ ।
आ. व २०४५/४६ देखि शुरु भएको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्य क्षेत्रमा पुर्याउदै आएको योगदान अत्यन्तै सराहनीय छ । विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि बिषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफल मार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उहाँहरुले पुर्याउनु भएको योगदान अतुलनीय छ । मातृ तथा बाल स्वास्थ्य सम्बन्धी सहस्राब्दी बिकास लक्ष्य हासिल गर्नमा पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको कुरा हामी सबैमा सर्वबिदितै छ। लैगिकमा आधारित हिंसा र जेष्ठ नागरिकको स्वास्थ्य साथै मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने कार्यमा समेत सहयोग गर्दै आउनु भएको छ। आउँदा दिनहरुमा पनि दिगो बिकासको लक्ष्य हासिल गर्नका लागि उहाँहरुको योगदान महत्वपुर्ण हुनेछ भन्ने कुरामा दुई मत छैन । पछिल्लो सयममा कोभिड–१९, डेंगु लगायतको रोकथाम तथा नियन्त्रणमा पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु अहोरात्र खटिदै आउनु भएको छ। यसका साथै स्वास्थ्य सेवालाई जनमानस सम्म जोड्ने र जनताको स्वास्थ्यप्रतिको अवधारणा र मागलाई स्वास्थ्य संस्थामा प्रतिबिम्बित गराई स्वास्थ्य संस्था र समुदायबीचमा पुलको काम गर्दै स्वास्थ्य प्रणालीलाई सक्षम बनाउने प्रक्रियामा सहयोग गर्ने तत्परता, अथक मिहिनेत र प्रतिबद्धताको नेपाल सरकार सदैब उच्च मुल्यांकन गर्दछ ।
हाल देशभर ५१,४२३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु सेवारत छन्। स्थानीय सामाजिक वस्तुस्थितिको गहन सुझबुझ साथ समुदायमै बसी स्वास्थ्य संस्था र समुदायबीच समन्वय गर्दै बिशुद्व सेवाभावबाट आफ्नो समुदायमा अनवरत खटिएर निस्वार्थ रुपमा काम गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको कार्यदक्षता अभिवृद्धिका विविध कार्यक्रम तथा सूचना सम्प्रेषण, स्वास्थ्य प्रबर्धन र अनुभव आदानप्रदानका लागि नयाँ प्रविधिको प्रयोग मार्फत ज्ञान, सीप र क्षमता अभिवृद्धिका प्रयासहरुलाई निरन्तरता दिनु अत्यावश्यक छ । सोही अनुरुप उहाँहरुको काममा थप हौसला तथा प्रेरणा दिनका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा सधै तत्पर रहेको र यस कार्यमा थप सहयोग गरीदिनुहुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछु ।
देशभर कार्यरत सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका प्रति यस २०औैं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना साथै उहाँहरुले पुर्याउनु भएको योगदानको लागि सहृदय धन्यबाद दिन चाहन्छु। साथै यस विशेष अवसरमा स्थानीय समुदायको स्वास्थ्य प्रवर्धन र सुधारका लागि उहाँहरुको प्रतिबद्धता र अनवरत प्रयासमा ऐक्यबद्वता जनाउँदै देशैभरी उहाँहरुको भुमिका र योगदानको स्मरण र सम्मान गर्दै यस पबित्र कामका लागि आवश्यक सहयोग गर्न सबैमा अपिल गर्दछु ।
हिरा कुमारी निरौला
निर्देशक
नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा
स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
फोन नंः०१५-३६८३७६
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको स्वास्थ्य क्षेत्रमा योगदानः एक झलक
१. मुख्य सेवा विवरण
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले सञ्चालन गर्दै आउनु भएको आमा समूहको वैठकमा आमाहरूको सहभागिता साथै अन्य सेवामा समेत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उल्लेख्य योगदान रहेको छ। उनीहरूले स्वयंसेविकाका रूपमा समुदायमा गरेको योगदानको केही तथ्याङ्क तल प्रस्तुत गरिएको छ।
गत तीन आ.व को उपलब्धिः
सेवा
आर्थिक वर्ष
२०७६/७७
२०७७/७८
२०७८/७९
पिल्स वितरण (साइकल संख्या)
६,००,५०९
५,७९,८३४
५४९५९२
कण्डम वितरण(गोटा संख्या)
७८,९०,१३१
७८,२८,१७५
७५१३६७४
आइरन टयावलेट वितरण
५,९३,०८०
५,५५,७७७
५५०६९९
आमा समूहको बैठकमा सहभागी
४,८३,१९२
४,९३,१९७
५४१०९१
स्रोतः IHIMS/DoHS
२. प्रसूति सहायता
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमै प्रसूति सहायता समेत प्रदान गरेका छन्। आ व २०७८/७९ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ४६६०१ जना सुत्केरी आमाहरुलाई सुत्केरी पश्चात शिशुलाई मायाको अंगालोमा राख्न सल्लाह दिनु भएको छ। यस्तै ३६०१७ जना लाई नाभी मलम लगाउन सघाउनु भएको छ भने ७४९६ जनालाई सुत्केरी पश्चात रक्तश्राव रोक्न मिसोप्रोस्टल चक्की वितरण गरिएको छ।
आ.व. २०७८/७९ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमा सुत्केरी भएका आमा र शिशुलाई दिएका प्रसूति सेवा
प्रदेश
सुत्केरी पश्चात आमा र शिशुलाई मायाको अंगालोमा रहन दिएको सल्लाह
नाभी मलम लगाएको संख्या
आमालाई मिसोप्रोस्टल ट्यावलेट वितरण संख्या
प्रदेश १
७७७८
७२५२
२६४२
मधेश प्रदेश
२७०२५
१८६९९
१८६२
बागमति प्रदेश
३६७३
२९७१
१००२
गण्डकी प्रदेश
८७९
८९३
१७८
लुम्बिनि प्रदेश
३१७६
२६२७
१०००
कर्णाली प्रदेश
२७०९
२३६३
४७७
;’b”/klZrd k|b]z
१३६१
१२१२
३३५
राष्ट्रिय कुल
४६६०१
३६०१७
७४९६
स्रोतः IHIMS/DoHS
आ.व. २०७८/०७९ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमा सुत्केरी भएका आमा र शिशुलाई २४ घण्टाभित्र, तेस्रो दिन, र सातौ दिनमा भेट गरेकोः
प्रदेश
सुत्केरी र शिशुलाई २४ घण्टा भित्र भेट गरेको
सुत्केरी र शिशुलाई तेस्रो दिनमा भेट गरेको
सुत्केरी र शिशुलाई सातौ दिनमा भेट गरेको
प्रदेश १
६४७५
७५०९
७६५७
मधेश प्रदेश
२४७७९
२३८९५
२२८५०
बागमति प्रदेश
२९२७
३६००
३८०६
गण्डकी प्रदेश
८८६
१२७७
१२९९
लुम्बिनि प्रदेश
३९०१
५१८८
५०४३
कर्णाली प्रदेश
२४६८
२४६८
२४१८
;’b”/klZrd k|b]z
१७१०
१७८७
१५६०
राष्ट्रिय कुल
४३१४६
४५७२४
४४६३३
स्रोतः IHIMS/DoHS
३. पोषण सेवा
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमै पोषण सेवा पनि प्रदान गरेका छन्। आ व २०७८/७९ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ५११२५ जनालाई जन्मेको १ घण्टा भित्रमा स्तनपान गराउने सल्लाह दिईएको छ भने ११००६० सुत्केरीलाई भिटामिन ए वितरण गरिएको छ।
आ.व. २०७८/७९ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमै प्रदान गरिएको पोषण सेवा
प्रदेश
जन्मेको १ घण्टा भित्रमा स्तनपान
सुत्केरीलाई भिटामिन ए वितरण
प्रदेश १
९,८५८
२१२८७
मधेश प्रदेश
२७७२०
४४७५९
बागमती प्रदेश
३९६९
१४८६२
गण्डकी प्रदेश
९७०
६१५९
लुम्बिनी प्रदेश
३४७३
१३७८९
कर्णाली प्रदेश
३६१५
३०८०
सुदुरपश्चिम प्रदेश
१५२०
६१२४
राष्ट्रिय कुल
५११२५
११००६०
स्रोतः IHIMS/DoHS

