नेपालमा पत्रकारिता इतिहासबाट सिक्दै भविष्य देखाउने बाटो बनिरहेको छ । पछिल्लो समय विश्वव्यापी रूपमा विकास भएको प्रविधिको माध्यमले पत्रकारितामा निखारता ल्याउन मद्दत गरिरहेको छ । डिजिटल प्लेटफर्म अर्थात् सञ्चारमाध्यम जस्ता बनिरहेका छन् ।
एडमन्ड वर्कले पत्रकारितालाई चौथो अङ्गको रूपमा अर्थ्याए । नेपोलियन बोनापार्टले चार विरोधी पत्रिका चार हजार सेनाभन्दा डरलाग्दा हुने घोषणा गरे । अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले ‘मलाई सरकार र पत्रिकामध्ये एउटा छान्न भनिए म विना हिचकिचाहट सरकार नभए केही हुन्न, समाचार पत्रिका जीवित रहनुपर्छ’ भनेका थिए । बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले पत्रकारितालाई कहिल्यै नसुत्ने र जनताको स्वतन्त्रताको रक्षा गर्ने अभिभावकको रूपमा परिभाषित गरेका थिए ।
विश्वका निरङ्कुश तानासाहले पत्रकारितामा अगाडि घुँडा टेकेका छन् । नेपालमा गणतन्त्र स्थापनामा नेपाली प्रेसले निर्वाह गरेको भूमिका अग्रणी रहेको छ । पछिल्लो समय संसारभर मिथ्या समाचार टाउको दुखाइको विषय बनिरहेको छ । गलत सूचना वा जानकारीका माध्यमबाट समाजमा अफवाह फैलाएर उथलपुथल ल्याउने जङ्क न्युजको विकृति बढ्दै गएको छ । मिडिया एक्सन नेपालले १० वटा राष्ट्रिय स्तरबाट प्रकाशित हुने दैनिक अखबार र १० वटा अनलाइन पोर्टलका ४९ हजार ५१ वटा समाचारको अध्ययन गरेकोमा एक हजार आठ सय १७ समाचार मिथ्या एवं भ्रामक भएको तथ्य सार्वजनिक गरेको थियो । समाचारलाई बङ्ग्याउने, आफू अनुकूल प्रस्तुत गर्ने, बढाइचढाइ गर्ने, सनसनी मच्चाउने हावादारी चरित्रको पीत पत्रकारिताले
वास्तविक पत्रकारिताको मर्मलाई समाप्त पारिरहेको छ ।
पत्रकार जसको लिङ्ग हुँदैन । जात धर्म हुँदैन । देशका प्रमुख निकायमा नियमित रिपोर्टिङ गर्दै आएका पत्रकारले दिने समाचार सत्य, तथ्य र निष्पक्ष हुनुपर्छ । पक्षपोषण गर्न पाइँदैन । खुसी या रिस व्यक्त हुँदैन समाचारमा । नाममा दाग लगाउनु हुँदैन । देशको संविधान विपरीत लेख्ने, बोल्ने छुट कसैलाई पनि छैन ।पत्रकारको पेसागत इमानदारिता खोट लाग्नु हुँदैन । जानेर बुझेर मात्रै समाचार तयार गर्दा अप्ठ्यारो पर्दैन । अप्ठ्यारो पर्दा बोलिदिने संस्था छ नेपाल पत्रकार महासङ्घ । रहरले पस्ने बाध्यताले बस्ने अवस्थामा पुगेको पत्रकारिता पेसामा लागेका पत्रकार मध्ये केहीलाई दातृ निकायको सहयोगमा महासङ्घले लेखन वृत्ति प्रदान गर्याे यो पटक एउटै जिल्लाबाट दुई÷ तीन वटा फिचर आए महासङ्घमा । समाचार आफ्नै कथामा, आफूलाई लागेको कुरा अझ आफ्नै मनको कुरा लेख्ने देखि थर छ नाम छैन । गज्याङ, मझ्याङकाबिच केही फिचर दोहो¥याउनु नपर्ने सम्मका रहे । कोही पनि जानेर आएको हुँदैन । सिक्दै तिखार्ने हो लेखनलाई । एकै व्यक्ति पोख्त हुँदैन कुनै पनि विषयमा ।
रूखो बोलीमा मिठास भरिदिने लेखन वृत्तिमा सहभागी पत्रकारको मेहनत लोभलाग्दो छ । पहेँलो र रातो लगाएर फिर्ता भएका सामग्री कुनै झर्को नमानी थप परिष्कृत भएर आउनुलाई पत्रकारको संस्था पत्रकार महासङ्घले सदस्यमा रहेको जागरूकतालाई यतिकैमा बिट मार्नु भने हुँदैन । पत्रकार र पत्रकारिताको धर्म भनेको निःशस्त्र रहेर समाजमा सुशासन र शान्ति कायम गर्नु हो । मिडियाहरू एकातिर विकृति र विसङ्गतिका विरुद्ध खरो उत्रनुपर्छ भने अर्कातिर समाजका प्रेरणादायी पक्षहरूको रहस्य पनि उत्खनन गर्नुपर्छ ।
संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता व्यक्त गरिएको छ । कुनै सामग्रीलाई प्रकाशन पूर्व प्रतिबन्ध लगाउन नसकिने तथा मिडियाको दर्ता खारेज नगरिने प्रत्याभूति संविधानले गरेको छ । पत्रकार स्वयं नै मर्यादित हुनुपर्छ । कुनै पनि क्षेत्रमा चुनौती हुन्छ । विविध समस्या आइपर्छन् । हरेक पेसा व्यवसायमा लागेका महिलालाई महिला भएकै कारण पर्ने समस्या पनि त्यत्तिकै हुन्छन् । पत्रकारिता क्षेत्र त अछुतो रहने कुरै भएन । महिला भएकै कारण पत्रकारिता पेसाबाट पलायन हुनुपर्ने अवस्था अन्त्यका लागि सरोकारवाला निकाय चनाखो बन्नु पर्ने देखिएको छ । सङ्ख्यामा थोरै भए पनि पत्रकारिता पेसामा लागेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको वृत्ति विकासमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।
पत्रकार स्वयम् नै मर्यादित
पत्रकार स्वयम् नै मर्यादित
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

