जन्मका बेला सामान्यभन्दा कम तौल भएको शिशुमा मधुमेह हुने खतरा बढी हुन्छ । अमेरिकाको टुलेन युनिभर्सिटीमा गरिएको अनुसन्धानले जन्मको समय कम तौलको शिशुमा टाइप २ मधुमेह हुने सम्भावना बढी रहेको देखाएको छ । जन्मका समय भ्रूणको विकास सही तरिकाले न हुँदा जन्मिने शिशुको तौल कम हुन्छ । यस्तो शिशुमा रगतको कमी, संक्रमणको समस्या बढी हुन्छ । कम तौलका शिशुहरूलाई कुपोषणको खतरासमेत बढी हुन्छ । शरीर राम्ररी विकसित हुन पाउँदैन ।

