नेपाल मजदुर किसान पार्टीले यहाँका जनताको मर्म बुझेको छ। हामीले जनताका लागि काम गर्ने हो र अहिलेसम्म काम गरेरै उहाँहरूको मन जितेका छौं।
घोषणापत्र हेरेर जनताले मत दिएका छन्। हामीले पनि सबै प्रतिबद्धता पूरा गरेका छौं। जतिसुकै दुःख, कष्ट सहेर पनि इमान्दार र पारदर्शी काम गरेका छौं। धेरै काम भएका छन् र अब समयअनुकूल त्यसलाई अझै परिमार्जित गर्दै लैजाने पक्षमा छौं। शिक्षा र स्वाथ्य सर्वसाधारण जनताको पहुँचमा पुर्याएका छौं। गरिबलाई शैक्षिक ऋण दिएका छौं। यहाँ ७ हजार विद्यार्थी उच्च शिक्षा पढ्छन्। उच्च शिक्षा हासिल गर्न नगरपालिकाले पैसा तिरेको छ।
नगरपालिकाको कलेजमा ३ करोड छात्रवृत्ति दिइएको छ। अस्पताल बनाएका छौं। सस्तोमा सेवा दिएका छौं। अस्पतालमा ५० रुपैयाँमा सेवा दिएका छांै। सबै वडामै आयुर्वेदिक निःशुल्क उपचार उपलब्ध छ। श्वास–प्रश्वास केन्द्रमा सय रुपैयाँ तिरेपछि सम्पूर्ण रोग सस्तोमा उपचार भएको छ। विकास निर्माणका काममा हामी सचेत छौं।
सांस्कृतिक र पर्यटकीय ऐतिहासिक जिल्लाको रूपमा हामीले नगरलाई चिनाएका छौं। पोखरीहरूको संरक्षण गर्ने मात्रै होइन, अतिक्रमण भएकालाई फर्काउने काम पनि गरेका छौं। हामीले कला, साहित्य, संकार र संस्कृतिको राजधानी नै बनाएका छौं। त्यसैले नागरिकले अन्य पार्टीलाई किन छान्ने र ?

