काठमाडौं । कोरोना संक्रमण धेरै बढिरहेको छ । एकै पटक एकै ठाउँमा हुल बाँधेर जाने र सामान किन्ने हाम्रो बानीले अहिले पनि समस्या जस्ताको तस्तै देखिएको छ ।
कोरोना संक्रमणबाट बच्ने प्रभावशाली उपाय दुरी कायम गर्ने, मास्क लगाउने र बेला बेलामा साबुन पानीले हात धुने व्यवहारका बारेमा विभिन्न सञ्चार माध्यमबाट निरन्तर सन्देश प्रशारण भइरहेका छन् । तै पनि यि व्यवहारहरुलाई हामीहरु जानेर पनि गरिरहेका छैनौं । दशैं नजिकिंदै गर्दा बजारमा भीड बढेको छ । विशेष छुट भन्दै पसल बाहिर राखिएका सामानहरु किन्न मानिसहरुको हुलहरु देख्दा हामी अचम्म मात्र नभई चिन्तित पनि छौं । जबसम्म हामीले नाक, मुख छोपिने गरि मास्क लगाउने र दुरी कायम गर्दैनौं । तबसम्म कोरोना संक्रमणको जोखिम रहिरहन्छ । धेरै जनामा कोरोनाको लक्षण नदेखिने तर संक्रमण फैलाउन सक्ने भएकोले पनि हामी सतर्क र सचेत हुन आवश्यक छ । कोरोना आफै आउँदैन । कतै न कतैबाट हाम्र्रै घरपरिवारका सदस्य वा साथीभाईले कोरोना लिएर आउने हो ।
त्यसैले साँच्चिकै कोरोनालाई नियन्त्रण गर्न चाहन्छौं भने यसपालीको चाडपर्व साधारण तवरले मनाऔं । घरमै बसौं । एकाघर परिवारका सदस्यसँग मात्र मनाऔं । हरेक व्यक्ति सचेत र संवेदनशील नभएसम्म कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न सकिंदैन । कोरोना संक्रमणलाई नियन्त्रण गरि बालबालिकालाई छिटै विद्यालय जाने, साथीभाईसँग खेल्ने, व्यापार व्यवसायलाई सहज बनाउने,हामी सबैको जीवनलाई सामान्य अवस्थामा जतिसक्दो छिटो लैजाने तपाईं हाम्रै हातमा छ । अहिले हामी कठिन परिस्थितिमा छौं । कोरोना संक्रमणको जोखिम हामी सबैलाई छ भन्ने थाहा पाउँदा पाउँदै विशेष छुट राखेर किनमेलमा अनावश्यक भीड बटुल्ने, भीडभाडमा जाँदा आफू र आफ्नो परिवारलाई कोरोना संक्रमणको जोखिम मोलेर होडबाजीमा सामान खरिद गर्न किन जाने ? भन्ने कुरा पनि सोंच्नु पर्ने हुन्छ ।
( स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा गौतमद्धारा असोज ३० गते नियमित प्रेस ब्रिफिङमा व्यक्त भनाई )
आफन्त र साथीभाईले ल्याउँछन, कोरोना
आफन्त र साथीभाईले ल्याउँछन, कोरोना
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

