काठमाडौं । ६० वर्ष नाघेका ज्येष्ठ नागरिक र दीर्घ रोग लागेका व्यक्तिलाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा हुने गरेकोे चिकित्सकको भनाई छ । यद्यपि, युवावस्था र किशोरावस्थाका मानिस पनि ठूलो संख्यामा संक्रमित छन् ।
अन्तर्राष्ट्रिय जर्नल ‘ब्रिटिश जर्नल अफ डर्मेटोलोजी’मा प्रकाशित लेखले यस्तै छालामा कोरोनाको असर बारे व्याख्या गरेको छ । जहाँ पाँच अवस्थाका छालाको स्वरुपबारे चर्चा गरिएको थियो । यसवाहेक कतिपय अवस्थामा दुर्लभ किसिमका लक्षण समेत देखिने गरेको अध्ययनले देखाएको छ । गत अप्रिलमा भएको एक अध्ययन अनुसार, केही बिरामीमा भने अत्याधिक रुपमा ‘इम्युन सेल’ को उत्पादन पनि बढ्ने गरेको पाइएको थियो । जुन अस्वभाविक गति थियो । हानिकारक पनि ।जब ज्वरो, रुघाखोकीसँगै स्वासप्रश्वासमा अप्ठ्यारो भएपछि बल्ल कोरोनाको संक्रमणको लक्षण हुन पुग्यो । यसले शरिरका विभिन्न अंगलाई असर पुर्याएको पाइयो । यस संक्रमणले शरिरलाई सिथिल बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । र शरिरभित्र अंगहरु निस्क्रिय बन्न पुग्छन् ।केही बिरामीमा भने खुट्टाको औँला सुन्हिने समस्या देखापर्ने गरेको चिकित्सकहरुले अनुभव गरेका छन् । तर कतिपय बिरामी भने संक्रमित भएर पनि किन उनीहरमा लक्षण देखिँदैन भन्ने चाहिँ अझै अस्पष्टता छ ।
कसैमा यो संक्रमण मन्द गतिमा देखिन्छ भने केही गम्भीर अवस्थामा पुग्छन् । गत साता भारतको पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष के श्रीनाथ रेड्डीले शरिरका विभिन्न अंगमा क्षति पुग्नुमा महामारी अप्रत्याशित हुनु एक कारण भएको बताएका थिए । चिकित्सकहरु अन्य भाइरसमा यस्तो तिव्र संक्रमण फैलने गुण नहुने बताउँछन् । साथै शरिरका विभिन्न अंगलाई एकैचोटि यसरी सिथिल बनाउने गुण पनि अन्य भाइरसमा नहुने उनीहरुको भनाइ छ ।

