स्वास्थ्य महामारी बनिरहेको कोरोना भाइरसले कसरी संक्रमितको ज्यान लिन्छ भन्ने बारेमा नयाँ तथ्य बाहिर आएको छ ।
चिकित्सक अनुसन्धानकर्ताहरुका अनुसार कोरोना भाइरसको संक्रमण भएकाहरु मध्ये एक तिहाइमा डरलाग्दो किसिमको रगत जम्ने लक्षण देखिने गरेको छ ।
बेलायतको लण्डनस्थित किङ्स कलेज अस्पतालले यूरोपभरका अस्पतालहरुमा गरेको अध्ययनमा विरामीहरुको फोक्सोमा रगत जम्ने गरेको र त्यसैका कारण धेरैको मृत्यु भएको पत्ता लागेको छ । थ्रोम्बोसिस भनिने यस्तो रगत जम्ने समस्याका कारणले गर्दा फोक्सो भित्र सयौं भन्दा बढी स(साना रगतका टाटाहरु देखिएको र त्यसले फोक्सो सुन्निएर विरामीको मृत्यु हुने गरेको अनुसन्धानकर्ता चिकित्सकहरुको निष्कर्ष छ ।
कतिपय विरामीहरुको रगतमा च्यापच्याप लाग्ने तत्व फेला परेको र त्यसैले रगतलाई बाक्लो बनाएरफोक्सोमा खुट्टाको ठूलो नसामा हुने जस्तै डरलाग्दो गरी रगत जमाउने गरेको अध्ययनकर्ताहरुको भनाइ छ । तर विश्वका दुई सय बढी देशहरुमा फैलिइसकेको संक्रमणको केहि समान लक्षण भएपनि देशहरु अनुसार भने विरामीमा भिन्न(भिन्न लक्षण देखिने गरेको पाइएको छ ।
भाइरसको संक्रमण भएर विश्वमा ३ लाख ११ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । अहिलेसम्म ४६ लाख ३० हजार बढिमा संक्रमण पुष्टी भइसकेको छ । संक्रमण र मृत्यु हुनेको संख्या केही घट्दै गइरहेको भएपनि यो विश्वभर नै अझै गम्भिर स्वास्थ्य संकट बनिरहेको छ ।

