काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पनि सामाजिक सञ्जालमा जोडिएकी छिन् । प्रधानमन्त्री कार्की आइतबार साँझ जोडिएकी हुन् । प्रधानमन्त्री कार्यालयको सार्वजनिक टुईटर ह्याण्डल सरकार परिवर्तन भए हस्तान्तरण नभएको पाइएको छ । कतिपय कमेन्टकर्ताले पुरानो ह्याण्डल फिर्ता गराएर चलाउनु पर्ने सुझाव पनि दिएका छन् । तत्कालीन प्रधानमन्त्रीको ह्याण्डल फिर्ता नगर्नेलाई कारवाहीको माग समेत गरेका छन् ।
जसमध्ये विष्णु भण्डारीले कमेन्ट गरेका छन्, ‘प्रधानमन्त्रीको ट्वीटर एउटै हुनुपर्छ । जहाँ हरेक नेपालीले गुनासा तथा सुचनाहरु पठाउन पाउनुपर्छ । व्यक्ति फेरिए पनि नाम र फोटो फेरेर एकाउन्ट एउटै हुनुपर्छ र प्रधानमन्त्रीको कार्यालयको तोकिएको कर्मचारीले सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ ।’

