काठमाडौं ।
शक्तिबद्र्धक मानिने इनर्जी ड्रिंक्सको उत्पादन गर्न उद्योगि व्यवसायिहरु अग्रसर भएका छन् । स्वदेशमै इनर्जी ड्रिंक्स उत्पादन गर्ने लक्ष्य सहित दुई उद्योगहरु दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७८ ÷०७९ मा दुई उद्योगले इनर्जी ड्रिक्समा २ अर्ब १७ करोड भन्दा बढी लगानी गरेका छन् । उद्योग विभागका अनुसार, धादिङ र मोरङ जिल्लामा दुई उद्योगले इनर्जी ड्रिक्स उत्पादन गर्न प्रतिबद्धता जनाउँदै दर्ता भएका हुन् । धादिङ, धुनिवेसीस्थित सरस वेभरेज प्रालिले २ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस उद्योगबाट वार्षिक ३० हजार किलोलिटर ईनर्जी ड्रिंक्स,१० हजार किलोलिटर जुस, २० हजार किलोलिटर कार्बोनेटेड सफ्ट ड्रिंक्स उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै मोरङ जिल्लाको बुढीगंगा—३स्थित सूर्य मारुती वेभरेज प्रालिले १७ करोड लगानी गर्ने प्रतिबद्धता गरेको छ । यस उद्योगले पनि इनर्जि ड्रिक्स, जुस र कार्वोनेटेड ड्रिंक्स उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।
स्वदेशमै इनर्जी ड्रिंक्स उत्पादन
स्वदेशमै इनर्जी ड्रिंक्स उत्पादन
"दुई उद्योगद्धारा २ अर्ब १७ करोड लगानी "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

