काठमाडौं । साउदी अरबबाट स्वदेश फर्किएका एक नेपाली युवामा मंकी पक्स संक्रमण भएको शुक्रबार पुष्टि भएको छ । नेपालीलाई मंकी पक्स (एमपक्स) संक्रमण भएको यो पहिलो हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, तनहुँका ३६ वर्षिय युवामा संक्रमण पुष्टि भएको हो । बिहीबार स्वदेश फर्किएका ती युवा बिसञ्चो महसुस भए पछि विमानस्थलबाट सिधै नीजि अस्पताल पुगेका थिए । उनलाई सामान्य ज्वरो देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले विदेशबाट आएका युवामा संक्रमण पुष्टि भएकोले नेपालभित्रै यो रोगको संक्रमण भएको छ ÷यकिन छैन ।
संक्रमित युवाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । दुई वर्ष अघि नेपालमा रहेकी विदेशी नागरिकमा पनि मंकी पक्स संक्रमण पुष्टि भएको थियो । मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।
मंकी पक्सको संक्रमणको घटना पुष्टि भए पछि त्रिभुवन विमानस्थल र अन्य हेल्थ डेस्कमा सतर्कता अपनाउन निर्देशन दिइएको डा. बुढाथोकीले बताए ।
साउदीबाट फर्केका युवामा मंकी पक्स पुष्टी
साउदीबाट फर्केका युवामा मंकी पक्स पुष्टी
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

