काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको बताए ।
उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्न सके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताए ।खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।‘म अहिले अलमलमा छु बाहिर सुन्दा वीर अस्पतालको सेवाको बारेमा नकारात्मक बढी टिप्पणीहरु सुनिने गरेको छ । तर यहाँ आइसक्दा यति धेरै कामहरु गरेको रहेछ । यसलाई अझ प्रभावकारी बनाउन के के गर्नुपर्छ म त्यसका लागि सधै तयार छु,’उनले अघि थपे,‘म आग्रह गर्न चाहन्छु–स्वास्थ्य क्षेत्र सुधारको लागि हामीले के गर्न सकिन्छ ? जीवन नै चिकित्सा क्षेत्रमा बिताउनुभएका अग्रजहरु मैले सम्मान र नमन गर्नुपर्ने अति आदरणीय व्यक्तित्वहरु यहाँ हुनहुुन्छ, यहाँहरुलाई म आग्रह गर्न चाहन्छु यो क्षेत्र सुधारका निम्ति हामीलाई सिकाईदिनुहोस । कस्ता कस्ता नीति तथा नियमहरु बनाउँदा यो क्षेत्र प्रभावकारी बन्नसक्छ ? हामीलाई गाइडलाइन दिनुहोस । मार्गनिर्देशन गरिदिनुहोस् ।’
वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने भन्दै उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेकोप्रति ध्यानाकर्षण गराए ।उनले भने, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ । इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ । अप्रेशनका निम्ति एक वर्ष पर्खिनुपर्छ भन्ने गुनासो छ । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो हामीले बाहिर सुनिरहेका छौँ । ती कति सत्य होलान् र कति असत्य होलान् । तर हामीले ती गुनासाहरुलाई क्रमशः सम्बोधन गर्दै जान सक्नुपर्छ ।
उनले अस्पतालमा हाल प्रशासनिक, चिकित्सक र प्राविधिकहरुसमेत १८ सय जनशक्ति भएको जानकारी प्राप्त भएको भन्दै त्यही जनशक्तिले पनि सेवा प्रवाहलाई व्यवस्थित गर्न सकिन्छ भन्ने आत्मविश्वासको साथ अघि बढ्न आग्रह गरे ।‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ। इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ। एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ। एक अर्काको सम्बन्ध समन्वयात्मक ढङ्गबाट अगाडि बढाउन जरुरी छ। त्यसैले यो एकीकृत संस्था एकीकृत ढङ्गबाट काममा अघि जान जरुरी छ। हामीले व्यवस्थापकीय पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेका छैनौँ। व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिनसक्छौँ। कतिपय उठेका प्रश्नलाई हामीले आत्मसाथ गरौँ। खरिद प्रक्रिया पारदर्शी छैन भने पारदर्शी बनाऔँ। त्यो जनशक्ति पूर्ण हो मैले भन्न खोजेको होइन, तर त्यो जनशक्तिको संख्या सानो होइन । त्यसले मेहनत गर्ने हो भने हामीले ठूलो उपलब्धि दिनसक्छौँ । त्यसैले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । एक अर्काको सम्बन्ध समन्वयात्मक ढंगबाट अगाडि बढाउन जरुरी छ,’ उनले भने, ‘त्यसैले यो एकीकृत संस्था एकीकृत ढंगबाट काममा अघि जान जरुरी छ । हामीले व्यवस्थापकीय पक्षमा जे-जे सुधार गर्नुपर्ने हो, सबै सुधार गर्न सकिरहेका छैनौँ । व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिनसक्छौँ ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा रोशन पोखरेलले वीर अस्पताललाई स्वास्थ्यमा आएको कुल बजेटको २.५ प्रतिशत रकम उपलव्ध भएको भन्दै अब नतिजा देखाउने गरी काम गर्न आग्रह गरे ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरिरहेको बताए । उनले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताए ।

