काठमाडौं । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनको हालैको खोजले के देखाएको छ भने तीन हजार हाराहारीमा भएका बलात्कारका घटनामा २० प्रतिशत जति माओवादी संलग्न थिए ।
संगठनले हालै सातै प्रदेशमा पुगेर पीडित महिलाहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यस क्रममा उनीहरूको स्वास्थ्य अवस्था नाजुक देखिएको संगठनकी संयोजक देवी खड्काले बताइन् । उपचारमा आएकामध्ये ११ प्रतिशत महिलाको पाठेघर फालिएको पाइएको थियो भने तत्काल पाठेघर फाल्नुपर्ने अवस्थामा ६.३३ प्रतिशत छन् । सत्तरी प्रतिशत पीडित पाठेघरको उपचार गर्नुपर्ने अवस्थामा छन् । उनीहरूमध्ये ८५ प्रतिशतमा डिप्रेसन र त्यसका कारण महिनावारीमा गडबड भएको भेटिएको संगठनले जनायो । पीडितहरूमध्ये एक जनाबाट मात्रै बलात्कृत भएका ५९.८४ प्रतिशत छन् भने सामूहिक रूपमा बलात्कृत भएका ६५.३५ प्रतिशत छन् । त्यस्तै, महिनौंसम्म सामूहिक बलात्कारमा पर्ने ४०.१६ प्रतिशत छ । संगठनका अनुसार यो समूहका महिलाको स्वास्थ्य अवस्था अरूको भन्दा ज्यादा गम्भीर छ ।
तत्काल मनोसामाजिक परामर्श चाहिने र मानसिक स्वास्थ्यको उपचार गर्न पर्नेमध्येका २० जनालाई काठमाडौंमा ल्याएर सात दिनसम्म मनोचिकित्सा र सामाजिक न्याय तथा नेतृत्व विकासका बारेमा तालिमहरू दिएको र समापनका दिन कूटनीतिज्ञ र नेताहरू बोलाएर पीडितहरूले आफ्नो भोगाइको बयान गरेको संगठनकी संयोजक खड्काले बताइन् । ‘अरू धेरैलाई पनि मनोसामाजिक परामर्श र मनोचिकित्साको खाँचो छ,’ खड्काले भनिन्, ‘त्योभन्दा खाँचो चाहिँ दलहरूले अड्काएर राखेको संक्रमणकालीन न्यायको विधेयकमा पीडितको माग पनि समावेश गरेर पारित गर्नु छ, ताकि राज्यबाट पीडितको पहिचान मिलोस् ।’ संगठनले शुक्रबार विज्ञप्ति जारी गर्दै यौन हिंसामा परेकाहरूको माग सम्बोधन हुने गरी विधेयक संशोधन गरेर तत्काल पारित गर्न सांसद र दलहरूलाई अपिल पनि गरेको छ ।
अन्य द्वन्द्व पीडितलाई राज्यले अन्तरिम राहत भनेर जनही १० लाख रुपैयाँ, स्वस्थ्य सुविधा र अन्य धेरै सेवा दिएको छ । तर, यौन हिंसाका एउटै पीडितले पनि यस्तो कुनै सुविधा पाएका छैनन् ।
८५ प्रतिशतमा डिप्रेसन र त्यसका कारण महिनावारीमा गडबड
८५ प्रतिशतमा डिप्रेसन र त्यसका कारण महिनावारीमा गडबड
"दसवर्षे सशस्त्र द्वन्द्वका पीडित "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

