काठमाडौं । भेरियन्ट अफ कन्सर्न बनेको डेल्टा प्लसको संक्रामक तीब्र छ । यसको पहिलो मृत्यु मध्यप्रदेशमा भएको थियो । १७ मे मा एक महिलामा डेल्टा प्सलको संक्रमण भएको थियो । २३ मेमा ती महिलाको ज्यान गएको थियो ।
ज्यान गुमाएकी ती महिलाले खोप लगाएकी थिइनन ।
ल्यान्सेटमा प्रकाशित एक रिपोर्ट अनुसार, एस्टाजेनेका खोप र कोभिशिल्ड खोपल डेल्टा भेरियन्टको लागि कम सुरक्षा दिन्छ । यो खोपको पहिलो मात्रा डेल्टा भेरियन्टको लागि ३३ प्रतिशत र दोस्रो मात्राको असर ६० प्रतिशत सम्म मात्र रहेको छ । यो शुरुवाति शोधको नतिजा हो । डेल्टा प्लसले वैज्ञानिकको चिन्ता बढाइदिएको छ ।
एम्सका निर्देशक डा. रणदिप गुलेरियाका अनुसार, यो भेरियन्ट तीब्र संक्रामक छ । यसको संक्रमणले जटिलता ल्याउँछ । यसले फोक्सोको कोशिकाहरुलाई क्षति गर्छ ।

