काठमाडौँ — काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरको छैटौँ तलाबाट हामफालेका युवकको मृत्यु भएको छ।
मनमोहन कार्डियोथेरासिक सेण्टरको छतबाट हाम फालेका युवकको मृत्यु
शनिबार दिउँसो अस्पतालको छतमा रहेको क्याफेको रेलिङबाट हामफालेका गोकर्णेश्वर नगरपालिका-४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको हो ।
हाम फाल्दा घाइते भएका उनलाई तत्काल उपचारका लागि इमरजेन्सी कक्षामा पुर्याइएको थियो । आचार्यको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार आचार्य किन अस्पताल आएका थिए भनेर खुलेको छैन । उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

