काठमाडौं ।नैतिकता र जवाफदेहिताको खडेरि परेको बेला सल्यानका एक स्वास्थ्यकर्मीले भने क्षमायाचना गर्दै जवाफदेहिताको नमुना देखाएका छन् ।
सल्यान, वनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखले वासुदेव पोख्रेलले आफ्नो गैरजिम्मेवारपूर्ण कार्यप्रति क्षमायाचना गरेका छन् । ४९ वर्षीय भोलाबहादुर बुढाको मृत्यु भए पछि पोख्रेलले बिरामीका आफन्तसँग माफी मागेका छन् । स्वास्थ्य सेवा तथा उपचारका लागि एम्बुलेन्स सहायताको माग गर्दा आफूले सहयोग गर्न नसकेको उनले उल्लेख गरेका छन् । आफूले बेवास्ता गरेकै कारण बिरामीको मृत्यु भएपछिवनगाड नगरपालिका वडा ७ मा बुढाका आफन्तले उनलाई सहयोग मागेका थिए । बुढाको मृत्यु भएको प्रति आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।’मेरो यस्तो व्यवहारप्रति क्षमा याचना चाहन्छु,उनले जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ, ‘आगामी दिनमा यस्तो गल्ती पुनः नदोहरिने समेत प्रतिबद्धता जाहेर गर्दछु ।
संक्रमितको ज्यान जाँदा आफ्नो व्यवहार पनि कारक भएको हुन सक्ने व्यक्तिगत ठहर गर्दै क्षमायाचना गर्ने उनी सम्भवतः पहिलो व्यक्ति हुन् ।

