शरिरको सबै अङ्गले राम्रोसँग काम गर्नको लागि हेमोग्लोबिन अति आवश्यक पर्छ । तर प्रोटिन, भिटामिन र खनिजको कमी भएमा रगतमा हेमोग्लोबिनको मात्रा पनि कमी हुन्छ । बच्चा बेला देखि नै शरिरमा हेमोग्लोबिनको कमी भएमा कुपोषणको समस्या देखा पर्छ । गर्भवती महिलामा हेमोग्लोबिनको कमी भएमा गम्भिर समस्याहरु देखापर्छ ।
हेमोग्लोबिन को स्तर (मात्रा) घटेको अवस्था लाई रक्ताल्पता भएको मानिन्छ । हेमोग्लोबिन भनेको राता रक्तकोष मा पाइने एक अवयव हो जसले रगत मा अक्सिजन बोकेर हिँड्ने काम गर्छ । यदि शरीरमा हेमोग्लोबिनको मात्रा घट्यो भने रगतको अक्सिजन बोकेर हिँड्ने क्षमता पनि घट्छ । फलस्वरुप शरीर लाई चाहिने अक्सिजनको यथेष्ट मात्रामा आपूर्ति हुन सक्दैन । अक्सिजनको आपूर्तिमा कमी आउनासाथ शरीर भित्र हुने कतिपय रासायनिक प्रतिक्रियाहरु प्रभावित हुन्छन् । शरीरले आवश्यक शक्ति प्राप्त गर्न सक्दैन । रक्तअल्पता हुनु आफैमा एक रोग नभएर शरीर भित्र भएका अन्य रोगको संकेत पनि हो ।
शरिरमा हेमोग्लोबिनको कमी हुँदा यसको असर शरिरमा बहने रगतको अक्सिजनको मात्रामा पर्छ । रगतमा अक्सिजनको कमीले कमजोरी हुन्छ । बिरामी बेहोश पनि हुनसक्छ । सामान्य काम गर्दा पनि श्वास फेर्न गाह्रो हुन्छ । अधिकांश समयमा सन्तुलित आहारा खानाले हेमोग्लोबिनको मात्रा बढ्छ ।सन्तुलित आहारा खादा पनि हेमोग्लोबिनको मात्रा बढेन भने चिकित्सकलाई देखाउनु पर्छ । १८ वर्षभन्दा बढी उमेर भएको मानिसमा हेमोग्लोबिनको मात्रा १३.६ देखि १७.७ हुनुपर्छ ।
हेमोग्लोबिनको कमीले हुने समस्या
थकान र कमजोरी महसुस हुने
शरिर चिसो भइराख्ने
मांसपेशीमा कमजोरी
शरीर दुख्ने, विशेषत टाउको दुख्ने
रक्तअल्पत्ता हुने
किड्नी र कलेजोको विरामी
छालाको रङ बदलिने र घाउ चाडै निको नहुने
महिनावारीको समयमा धेरै दुखाई
श्वासप्रश्वास छिटो हुनु
छालाको रंग हलुका पहेंलो देखिनु
चक्कर आउनु र छटपटी हुनु
छाती दुख्नु
मुटु को धडकन बढ्नु, धडकनमा असन्तुलन आउनु
शरीर दुख्ने, विशेषत टाउको दुख्ने
रक्तअल्पत्ता हुने
मिर्गौला र कलेजोको विरामी
महिनावारीको समयमा धेरै दुखाई
हेमोग्लोबिनको मात्रा बढाउन के खाने ?
शरिरमा तुरुन्तनै हेमोग्लोबिनको मात्रा बढाउन खरबुजा र पालुङ्गोको साग सेवन गर्न सकिन्छ । पालुङ्गोमा भरपुर मात्रामा आइरन पाईन्छ भने खरबुजाले आइरनको मात्रालाई ब्यालेन्स गर्न मद्दत गर्छ ।
पालुंगो र खरबुजा सेवन गर्ने
अनार, चुकंदर, केरा, गाजर, अम्बा, स्याउ, अङ्गुर, सुन्तला र गोलभेडा
जस्ता फलफुल र सब्जीमा प्रशस्त मात्रामा आइरन पाईन्छ । यस्ता फलफुल र सब्जीको सेवनले हेमोग्लोबिनको मात्रा बढाउँछ ।
हरियो साग र सलाद
प्रशोधित चिनीको साटो सखरको प्रयोग
खजूर, बदाम, किसमिस, दूध, अण्डा, माछा, मासु, सोयाविन, राजमा, ब्राउन राइस, डार्कचक्लेट सेवन गर्ने

