काठमाडौं । कोरोना भाइरसको त्रासका कारण बिरामी हुँदा पनि समस्या सहेर घरमै बस्नु भएको छ ? अब समस्या सहनु पर्दैन । ब्लु लोटस हेल्थ होमले यहिं मंसिर महिनाको अन्तिम साता निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । शिविरमा स्वास्थ्य जाँच गरि लाभ लिन सक्नु हुने छ ।
नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ सहितको समूहबाट संञ्चालित ब्लु लोटस हेल्थ होमले यही मंसीर २२ गते देखि ३० गतेसम्म निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको हो ।
ललितपुरको सातदोबाटो नजिकै ताल्छिखेल चोकमा रहेको उक्त ब्लु लोटस हेल्थ होमले लामो समयदेखि कोभीड १९ को त्रासका कारण सर्वसाधारणले स्वास्थ्य सेवा लिन हिचकिचाइरहेको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने योजनास्वरुप निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्न लागेको हो ।
उक्त हेल्थ होमका संस्थापक अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ डा. सुरज कर्माचार्यले विशेषगरि समाजमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘लामो समय देखि कोभीड १९ को डरले हस्पिटल नगई घरमै शारीरिक पीडा ब्यबस्थापन गरिहेका व्यक्तिहले शिविरबाट लाभ लिन सक्नु हुने छ । यस अवसरमा बिरामीको दुखाई ब्यवस्थापनको लागि बिभिन्न उपायहरु निःशुल्क सिकाइ सहयोग गर्नेछौं ।’

हेल्थ होमका प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीका अनुसार उक्त शिबिरमा ढाड दुख्ने,कम्मर दुख्ने, घुँडा, गर्दन, जोर्नी दुख्ने, हड्डी खिईएको , नसा च्यापीएको, हात खुट्टा झमझमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, ग्यास्ट्रिक्स, जन्डिस, पाइल्स, दम, कान कराउने, कान नसुन्ने, महीनावारी गडबढी, मोटोपना लगायतका स्वास्थ्य समस्याको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।
प्रबन्ध निर्देशक कार्कीले थपे,‘अस्वस्थकर जीबनशैलीको कारण आम मानिसमा सर्ने रोग भन्दा नसर्ने रोग बढ्दै गएका छ । नसर्ने प्रकृतिका रोगको उपचार र पूर्ण छुटकाराको लागि यो शिबिरले सहयोग गर्ने अपेक्षा राखेका छौं ।’
उक्त अवसरमा अकुपञ्चर बिशेषज्ञ तथा हेल्थहोमका डा. ईश्वर ज्ञवलीको अनुसार स्वास्थ्य शिबिर आगामी ३० गते सम्म हरेक दिन बिहान ८ बजे देखी २ बजे सम्म सञ्चालन हुनेछ । शिबिरबाट लाभ लिन चाहने व्यक्तिले फोन गरेर नाम दर्ता गराउनु पर्नेछ । उनले भने‘हामीले भीडभाडलाई कम प्रोत्साहन गर्दछौ । अतः हाम्रो फोन नं ०१–५५५०३५० वा मोबाइल नं ९८५१०७५९९६ मा फोन गरेर नाम दर्ता गरी जाँचको लागि आउन सक्नुहुनेछ ।’
ब्लु लोटस हेल्थ होममा अनुभवि अकुपञ्चर बिशेषज्ञ (एमडी) हरुबाट अकुपञ्चर दिनुको साथै फिजियोथेरापी, आयुर्वेद, पञ्चकर्म, कपीङ, प्राकृतिक चिकित्सा आदीको माध्यमबाट बिभिन्न रोगको प्रभावकारी उपचार गरिने हेल्थहोमले जनाएको छ ।
उक्त हेल्थहोममा युवा तथा वयस्कलाई लक्षित गरेर बिशेष मेडिकल तथा रिल्याकशेसन मसाज गर्ने समेत बताएको छ ।
स्वास्थ्य समस्या छ ? घरमै नबस्नुस
स्वास्थ्य समस्या छ ? घरमै नबस्नुस
"ब्लु लोटस हेल्थ होमले गर्दैछ, निःशुल्क स्वास्थ्य शिबिर "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

