काठमाडौं । भदौ महिनाको १८ दिनमा १सय ५३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
भदौं १८ गते मुलुकभर थप १२२८ जना नयाँ संक्रमित थपिएका छन् । सोहि दिन मुलुकभर कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा ४८१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भदौ १७ गते देशभर ११२० जना संक्रमित थपिएका थिए । कोरोना संक्रमणबाट मुलुकभर १२ जनाको निधन भएको थियो ।उपत्यकाका तीन जिल्लामा ३८८ जना नयाँ संक्रमित पुष्टि भएको थियो ।
भदौ १६ गते मुलुकभर १०६९ नयाँ संक्रमित पुष्टि भएको थियो । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ थियो । काठमाडौं उपत्यकामा ४४५ जना नयाँ संक्रमित थपिएका थिए ।

