काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले गत चार महिनादेखि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको गोदाममा इलेक्टिक डर्माटोल उपकरण अलपत्र रहेको बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद डा. भण्डारीले अस्पताललाई हस्तान्तरण गर्न आग्रह गरे । उनले भने,गत चार महिनादेखि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको गोदाममा इलेक्टिक डर्माटोल उपकरण रहिरहेको छ । जसलाई अपरशेन स्पाइन युकेले नामक नाफारहित संस्थाले सहयोग गरेको थियो । जसको काम जलन भएको वा लडेको व्यक्तिको एक ठाउँको छाला निकालेर अर्को ठाउँमा राख्ने हो । तर, त्यसलाई भन्सार कार्यालयबाट निकाल्न सकेनौं । भन्सार कार्यालयबाट क्विन्टलका क्विन्टल सुन आउन सक्दो रहेछ । तर, मानिसलाई आवश्यक पर्ने मेशिन ल्याउन सकिंदो रहेनछ । सरकारलाई रुलिंग गरिदिनकोलागि र कीर्तिपुर अस्पताललाई हस्तान्तरणकोलागि आदेश दिनकोेलागि आग्रह गर्दछु ।

