कर्णाली भन्ने शब्द नै दुख, अभाव र गरिबीको पर्यायबाची जस्तो गरी नेपाली जनमानसमा बसेको छ । तर, प्राकृतिक रुपमा सुन्दर तर दुर्गम र जटिल हुनुका कारणले पनि कर्णाली पहिचानै ‘कठिन’जस्तो भएको छ । तर पछिल्लो जनगणनाले भने एउटा उज्यालो तस्बिर देखाउँछ । त्यो के भने समग्र देशकै औसत आयु ७१ दशमलव ३ वर्ष हुँदा कर्णालीको चाहिँ ७२ दशमलव ५ वर्ष छ । यो निकै सुखद कुरा हो । यसको खास कारण पत्ता लगाउन वैज्ञानिक अनुसन्धान हुनु आवश्यक होला । तर सर्सती हेर्दा स्वास्थ्यमा आएको सुधार नै औसत आयु वृद्धिको पहिलो कारण हो । खानपान, पोषण, बालमृत्यु दरमा कमी, खोपमा पहँुच लगायत कारण नै कर्णालीमा औसत आयु वृद्धि भएको छ ।
धेरै प्रदेशहरूमा गाउँबाट मानिसहरूको बसाईसराइ सहरतिर भएको देखिन्छ । तर कर्णालीको जनसंख्याको ८० दशमलव १ प्रतिशत जनसंख्या गाउँमै बस्छ । यसबाट पनि अनुमान गर्न सकिन्छ कि सहरको भन्दा गाउँको जीवन स्वस्थकर छ । अर्गानिक खानपान र स्वच्छ हावापानीले मानिसको स्वास्थ्य दरिलो र भरिलो बनाएको छ । तर ध्यान दिनुपर्ने कुरा के छ भने कर्णालीमा अझै पनि निरक्षता २४ प्रतिशत छ । कर्णालीमा रहेको कुल जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ मध्ये २४ प्रतिशत अर्थात् ४ लाख ५ हजार २ सय १९ जना अहिले पनि निरक्षर छन् । जब कि देशमा भने ९० प्रतिशतमाथिकै जनसंख्या साक्षर भएको अवस्था हो । अबको ध्यान कर्णालीमा जरुरी छ भन्ने देखिन्छ ।
कर्णालीलाई देशको मूलप्रवाहमा जोड्ने पहिलो कडी भनेको यातायात हो, जुन यहाँ अझै कठिन छ । हुम्लामा त बल्लतल्ल यसै महिना गाडी पुगेको छ । जिल्ला सदरमुकाममा त बल्ल गाडी पुगेको छ भने पालिकाहरुको हालत के होला । सडक नै विकासको सबै आधार होइन तर सडक यातायात नै अरु विकासहरु गर्ने पहिलो साधनचाहिँ पक्कै हो । तसर्थ सडक पूर्वाधार पु¥याउँदै कर्णालीको शैक्षिक स्तरसँगै त्यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन ल्याउन जरुरी छ । प्रदेश सरकार र संघ सरकारले कर्णालीका बासिन्दाको जीवनस्तर उकास्ने विशेष कार्यक्रम लागु गरेर दूतगतिमा त्यहाँ समृद्धि ल्याउनुपर्छ । औसत आयुले जुन उज्यालो चित्र कर्णालीलाई दिएको छ, त्यस्तो उज्यालो अरु धेरै सूचकमा ल्याउन सकेमात्रै साँच्चीकै समृद्धि हाँसिल भएको मान्न सकिन्छ ।
देशकै औसत आयु ७१ दशमलव ३ वर्ष, कर्णालीको ७२ दशमलव ५ वर्ष !
देशकै औसत आयु ७१ दशमलव ३ वर्ष, कर्णालीको ७२ दशमलव ५ वर्ष !
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

