काठमाडौं । सर्वोच्च अदालतले झापा, बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई कानुन बमोजिम सम्बन्धन दिन आदेश जारी गरेको छ ।
न्यायाधीशद्धय डा. कुमार चुडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले सम्बन्धनकालागि कानुनी प्रक्रिया पुर्याएको भएमा मात्र सम्बन्धन दिन आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता बेदप्रसाद उप्रेतीका अनुसार, रिट निवेदनमा मागदावी भए बमोजिम रिट जारी भएको छ । विस्तृत जानकारीकालागि आदेशको पूर्ण पाठ पर्खनु पर्ने प्रवक्ता उप्रेतीले जानकारी दिए ।
२०६८ सालमा शिक्षा मन्त्रालयबाट एमबीबीएस कार्यक्रम कलेज संचालनकोलागि मनशाय पत्र पाए पनि सम्बन्धन पाउन सकेको थिएन । काठमाडौं विश्वविद्यालय धुलिखेलबाट सम्बन्धन पाउन कलेजले प्रक्रिया शुरु गरेको थियो । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पारित नभएसम्म कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग राखि अनशन बसेका थिए ।
२०७३ मंसीर १९ गते सरकार र डा. गोविन्द केसीबीचको सहमति पछि सम्बन्धन प्रक्रिया अघि बढाउन नसकिने शिक्षा मन्त्रालयले जनाएको थियो । सहमतिको स्वामित्व ग्रहण गरि कार्यान्वयन प्रक्रिया अघि बढाउनकोलागि सम्बन्धन प्रक्रिया अघि बढाउन नसकिने शिक्षा मन्त्रालयले पत्राचार गरेको थियो ।
उक्त सहमतिले आफ्नो मौलिक हक निस्तेज भएको दावी गर्दै सम्झौता कार्यान्वयन नगर्न कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलासले २०७३ माघ २ गते अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको थियो ।
मेडिकल व्यवसायि प्रसाईंले सम्बन्धनकोलागि आवश्यक निर्देशनकालागि प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति समक्ष निवेदन दिएका थिए । निवेदनमाथि आवश्यक कार्यार्थ भन्दै तोकादेश भए पनि कार्यान्वयन हुन भएको थिएन । सम्बन्धन नपाए पछि व्यवसायि प्रसाईले २०७७ असार २३ गते चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डीन विरुद्ध रिट निवेदन दायर गरेका थिए ।
बी एण्ड सी मेडिकल कलेज : कानुन बमोजिम सम्बन्धन दिन आदेश
बी एण्ड सी मेडिकल कलेज : कानुन बमोजिम सम्बन्धन दिन आदेश
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

