काठमाडौं । १ सय ८२ औं विश्व फोटोग्राफि दिवसको शुभ अवसरमा आयोजित रक्तदान कार्यक्रममा बिहीवार ६१ जनाले रक्तदान गरेका छन् ।
काठमाडौं फोटोग्राफर संघद्धारा आयोजित रक्तदान कार्यक्रम ६ घण्टासम्म सञ्चालन गरिएको थियो । ४९ पुरुष र १२ जना महिलाले रक्तदान गरेको फोटोग्राफर संघ, कार्यसमिति सदस्य एवं रक्तदान कार्यक्रमका संयोजक रेशमराज पण्डितले जानकारी दिए । नयाँ बानेश्वर चौक, पिपलवोटमा विहान ९ बजेदेखि दिउसो २ बजेसम्म रक्तदान कार्यक्रम गरिएको थियो ।
संकलित रगत नेपाल रेडक्रस सोसाईटीलाई प्रदान गरिएको कार्यक्रम संयोजक पण्डितले जानकारी दिनु भयो ।
६१ जनाद्धारा रक्तदान
६१ जनाद्धारा रक्तदान
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

