काठमाडौं, २९ चैत , नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा तारकेश्वर नगरपालिका-११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी संचालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको प्रहरीले उद्दार समेत गरेको छ ।

