काठमाडौं । बरिष्ठ कलेजो एवं प्याङ्क्रियाज सर्जन डा. रमेश सिंह भण्डारी व्यस्त छन् । हरपल मोबाइलमा घन्टी बज्छ । बधाई दिन फोन गरेकाहरुलाई उनी हँसिलो अनुहार बनाउँदै भन्छन,‘हवस, हजुर । धन्यवाद ।’
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्राडा भण्डारीलाई विहीवार बधाई थाप्न भ्याई नभ्याई थियो । नेपालकै चिकित्सक टीमद्धारा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गर्ने कार्यमा उनले अगुवाई गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘ मलाई गर्व र खुशी छ । त्रिभुवन विश्वविद्याललय शिक्षण अस्पतालका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीबाट कलेजो प्रत्यारोपणको काम सम्पन्न भएको छ । उक्त प्रत्यारोपणमा सहभागि विशेषज्ञ प्राडा रमेशसिंह भण्डारी सहितको शल्यचिकित्सक, एनेस्थेसिया, नर्सिङ टीम लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई दिए । ‘ बधाईका हकदार !’ ओलीले लेखेका छन,‘ कलेजो प्रत्यारोपणको नेतृत्व गर्नु हुने प्राध्यापक डा. रमेशसिंह भण्डारीलाई आज विहान फोन गरेर बधाई दिएँ । डा. भण्डारी र उहाँको टिमलाई यस सफलताकोलागि बधाई ।’
कलेजो प्रत्यारोपणमा कोशेढुंगा
कलेजो प्रत्यारोपण अत्यन्तै जटिल मानिन्छ । झण्डै ११ घण्टाको शल्यक्रिया सफल भएको खुशी प्राडा भण्डारीले बिहीबार विहान सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । त्यस अघि उनले सीमित सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।‘ कोसेढुङ्गा ।ऐतिहासिक पल,’ उनले फेसबुकमा लेखे ,‘ नेपालमा दिगो कलेजो प्रत्यारोपण कार्यक्रम तर्फ ठूलो कदम ।नेपाली टोलीद्वारा नेपालमा पहिलो सफल स्वतन्त्र जिवित दाताको कलेजो प्रत्यारोपण । बधाई छ, कलेजो प्रत्यारोपण टोली । हाम्रो प्रत्यारोपण टोली टोलीका प्रत्येक सदस्य ठूलो प्रशंसाको योग्य छन् । र प्रमुख कलेजो प्रत्यारोपण शल्य चिकित्सकको हैसियतमा यस टोलीको नेतृत्व गर्न पाउँदा मलाई गर्व र विशेषाधिकार महसुस भएको छ ।’
डा. भण्डारीका अनुसार, नुवाकोटका ४१ वर्षिय पुरुषलाई उनकी पत्नीले कलेजो दिएकी थिइन । ४० वर्षिया दाता यस अघि नै डिस्चार्ज भएकी थिइन । प्रत्यारोपणकर्ता पुरुष बिहीबार डिस्चार्ज भएका छन् ।
नेपालकै चिकित्सक टीमद्धारा पहिलो पटक कलेजो प्रत्यारोपण
नेपालकै चिकित्सक टीमद्धारा पहिलो पटक कलेजो प्रत्यारोपण
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

