काठमाडौं । कोरोना विरुद्धको भेरोसेल खोपको मौज्दात सकिए पछि खोप कार्यक्रम नै प्रभावित भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंमा रहेको भेरोसेल खोपको मौज्दात सकिएपछि खोप कार्यक्रम स्थगित भएको छ । काठमाडौँ स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले असार २९ गतेदेखि साउन २ गतेसम्म चल्ने भनिएको अभियान स्थगित गर्नुपरेको कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

