काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला सोमबार नियुक्त भएका छन् ।
मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख कन्सल्टेण्ट डा. वास्तोलालाई निर्देशकमा नियुक्त गरिएको हो । ११औं तहका डा. बास्तोला यस अघि अस्पतालमा प्रवक्ता समेत थिए । ३८ वर्षिय डा. बाँसतोला उपचार एवं व्यवस्थापनमा अब्बल मानिन्छन् ।
अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले सोमबारदेखि अनिवार्य अवकास पाएका छन् ।

