काठमाडौं – विशेषज्ञहरूले रजोनिवृत्तिपछि अस्टियोपोरोसिस (हाड मक्किने रोग) को जोखिम बढ्ने भएकाले महिलाले खानपान र शारीरिक सक्रियतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । ग्रामीण इलाकाको दाँजोमा सहरियामा हाड मक्किने समस्या बढी देखिने गरेको समेत उनीहरूले जनाएका छन् ।
‘महिनावारी सुकेको ५ देखि ७ वर्षमा महिलाको हाडको घनत्वमा २० प्रतिशत कमी आउँछ,’ हाड रोग विशेषज्ञ डा. शैलज रञ्जितकार भन्छन्, ‘पहिलो केही वर्षसम्म महिलामा औसत हाडको क्षति ३ प्रतिशत देखिन्छ भने त्यसपछि बर्सेनि एक प्रतिशतसम्म हुने गर्छ ।’ रजोनिवृत्तिले गर्दा महिलामा ‘एस्ट्रोजन’ हार्मोनको मात्रामा कमी आउँछ, जसले गर्दा हाड कमजोर हुन थाल्छ । यही हार्मोनले महिलालाई मुटुको समस्याबाट समेत बचाउँछ ।
खानपान र स्वास्थ्यको स्याहार रनगर्नु हाड मक्किनुको खास कारण रहेको मेनोपोज सोसाइटी अफ नेपालकी अध्यक्ष प्राडा अचला वैद्यले बताइन् ।
हाड मक्किने समस्या सहरियामा बढी
हाड मक्किने समस्या सहरियामा बढी
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

