काठमाडौं : विद्या भण्डारीको पहल पछि चीनले खोपको पहिलो खेपमा ८ लाख डोज पठाएको छ ।
राष्ट्रपति भण्डारीसँगको बुधबार भएको टेलिफोन संवादमा समकक्षि चिनिया राष्ट्रपति सी जीनपिङले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । जसमध्ये त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले काठमाडौं ल्याएको हो ।
चीनको स्वशासित क्षेत्र तिब्बतले २ लाख खोप प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । जसमध्ये हिमालयन एयरलाइन्सबाट मंगलबार १ लाख ८ सय डोज खोप बुधबार ल्याइएको छ ।काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार बाँकी ९९ हजार २ सय डोज खोप बुधबार काठमाडौं आइपुग्नेछ ।
यसअघि पनि चीनले अनुदानमै ८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो ।

