काठमाडौं । ब्ल्याक फंगसका रुपमा लिइने रोग ‘म्युकोमाइकोसिस’ नेपालमा पनि बढ्दै गएको छ ।
यसको उपचारमा उपयोग हुने औषधि ‘एम्फोटेरिसिन–बी’ को अभाव भएको चिकित्सकले बताएका छन् । बिरामीलाई ४ देखि ८ सातासम्म औषधि दिनुपर्छ । एक बिरामीलाई सयदेखि एक सय २० भाइलसम्म आवश्यक पर्न सक्छ ।
राजधानीको एक अस्पतालमा उपचाररत ४५ वर्षीयमा म्युकोमाइकोसिस रोगले दृष्टि गुमेको पाइएको छ ।
केही दिनअघि वीरगन्जमा देखिएका म्युकोमाइकोसिसका ८ बिरामीमध्ये २ जनाको मृत्यु भएको थियो । बिरामीको नाक, साइनस र आँखा प्रभावित हुने गरेको छ ।नेपालमा भारतको सिरम एन्ड भ्याक्सिन लिमिटेडको ‘एम्फोटेरिसिन–बी’ को एउटा भाइलको मूल्य ६ हजार ७ सय ३४ रुपैयाँ पर्छ ।
आँखा रोग विशेषज्ञका अनुसार, ढुसीले नाक, आँखा, आँखाको चारैतिरको कक्ष र मुखलाई संक्रमित गर्छ । मस्तिष्कमा समेत फैलिन सक्छ । नाक बन्द हुनु, टाउको दुख्नु, नाकबाट हरियो पानी र रगत निस्कनु, पिनास दुख्नु, अनुहार सुन्निनुजस्ता यसका लक्षण हुन् ।
‘ब्ल्याक फंगस’ बढ्दो, ‘एम्फोटेरिसिन-बी’ अभाव
‘ब्ल्याक फंगस’ बढ्दो, ‘एम्फोटेरिसिन-बी’ अभाव
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

