काठमाडौं ।अमेरिकी उच्च पदस्थ स्वास्थ्य अधिकारीले धेरै संक्रामक कोरोना भाइरसको नयाँ प्रकार फैलिरहँदा त्यसले कोरोना भाइरसका बिरामीको संख्या चौथो पटक ह्वात्तै बढ्ने सम्भावना रहेको भन्दै चेतावनी दिएकी छन्।
अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडीसीकी प्रमुखले कोभिड–१९ सम्बन्धी पछिल्लो तथ्यांकबाट आफू चिन्तित बनेको बताएकी हुन्। उनले गत साता एकै दिन करिब ७०,००० नयाँ बिरामी देखिएको र त्यो एकदमै धेरै संख्या भएको उनले बताएकी हुन् । त्यही समयमा एकै दिन करिब २,००० को मृत्यु भएको पनि उनले बताइन् ।
‘कृपया मलाई स्पष्टसँग सुन्नुहोसः कोरोना भाइरसको नयाँ प्रकार यो तहमा फैलिरहँदा हामीले अहिलेसम्म कठिन रूपमा हासिल गरेको अवस्था पनि पूर्ण रूपमा गुमाउन सक्छौं,’ सीडीसीकी प्रमुख डा. रोसेल वालेन्स्कीले बताइन्।
‘यो नयाँ प्रकार हाम्रा मानिसहरू र हाम्रो प्रगतिका लागि वास्तविक खतरा हुन्।’

