काठमाडौं । वीर अस्पतालमा कार्यरत बेहोस गराउने चिकित्सक (एनेस्थेसिष्ट)हरुले जोखिम भत्ताको माग गर्दै आन्दोलनमा उत्रिंदा दुई दिन शल्यक्रिया सेवा प्रभावित भएको छ ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले विना कुनै पूर्व जानकारी एनेस्थेसिया विभागका चिकित्सकहरु आकस्मिकरुपमा आन्दोलनमा उत्रँदा सेवा अवरुद्ध भएको जानकारी दिए । चिकित्सकहरुको आन्दोलनका कारण आइतबार र सोमबार शल्यक्रिया हुन पाएन । दुई दिनमा झण्डै ७० शल्यक्रिया सेवा अवरुद्ध भएको छ । अस्पतालमा १९ जना एनेस्थेसिस्टहरु कार्यरत छन् ।
विगतमा एनेस्थेसिया चिकित्सकको सेवा सुविधा कम भएको भन्दै प्रोत्साहन स्वरुप शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउँदै आएको थियो । उक्त भत्ता कटौति भए पछि चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् । एनेस्थिशियाका चिकित्सकहरुले सेवा रोक्दा शल्यक्रिया गर्न तयार बिरामीहरु प्रभावित भएका छन् । चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा परेको जनाउँदै अस्पताल प्रशासनले एनेस्थेशिया विभागका विभागीय प्रमुख डा. रविराम श्रेष्ठसँग लिखितरुपमा स्पष्टिकरण मागेको छ ।
नेपाल स्वास्थ्य सेवा ऐन,२०५३मा हड्ताल गर्न प्रतिबन्ध छ । सो ऐनको दफा ६२ मा चिकित्सकले निर्धारित कर्तव्य पुरा गर्नमा बाधा विरोध हुने गरि हडताल गर्न र दबाब दिन उल्लेख छ । वीर अस्पतालका निर्देशक डा. पौडेलले आन्दोलनरत चिकित्सकहरुसँग छलफल भएको जानकारी दिंदै मंगलवारदेखि सेवा सुचारु हुने बताए ।
भत्ता माग्दै चिकित्सक आन्दोलित, शल्यक्रिया प्रभावित
भत्ता माग्दै चिकित्सक आन्दोलित, शल्यक्रिया प्रभावित
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

