काठमाडौं । सरकारले टोल छिमेकमा कुनै नयाँ व्यक्ति देखिएमा छिमेकीले कम्तीमा सात दिन क्वारेन्टाइनमा बसाल्न अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार नियमित पत्रकार ब्रिफ्रिङमा भने,‘ कोरोना संक्रमित भएका र आइसोलेसनमा बसेका व्यक्तिहरु घर बाहिर निस्कन सक्ने हुनाले अन्य व्यक्तिलाई पनि रोग सार्ने सम्भावना रहन्छ । त्यस्तो अवसथामा घरका सदस्य र टोल छिमेकमा बस्ने अन्य व्यक्तिले पनि ध्यान पुरयाइदिन हुन अनुरोध छ । घरबाट बाहिर निस्केमा नजिकको प्रहरी पोष्टमा खबर गर्न वा स्वास्थ्य मन्त्रालयका टोल फ्रि नम्बरमा खबर गर्न अनुरोध गर्दछौं । ’उनले कोरोना संक्रमणको परीक्षण गर्न स्वाब संकलन गर्न दिएपछि रिपोर्ट नआउञ्जेलसम्म क्वारेन्टाइनमा बस्न पनि अनुरोध गरे ।

